गायक अमात्य, फाइल तस्बिर काठमाडौं– गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको खुलेको छ। नक्कली लालपूर्जाको आधारमा ऋण दिएको आरोपमा कुमारी बैंकको बारा शाखाका २ कर्मचारीसहित ५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बाराको कुमारी बैंकका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, नक्कली लालपूर्जा बनाएर पेस गर्ने काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधान रहेको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिए।
उनीहरुले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको नक्कली लालपूर्जा बनाएर कर्जाका लागि कागजाता पेस गरेका थिए। बैंका ऋण अधिकृत र मूल्याङ्कनकर्ताले सोही नक्कली लालपूर्जाकै आधारमा १९ करोड ऋण दिएका थिए।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको सीआईबी प्रमुख डीआईजी सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।