complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

जिल्ला दौडाहमा कांग्रेस नेता, महाधिवेशन हुने छनक देखिएको हो?

64x64
लिलु डुम्रे सोमबार, कात्तिक २२, २०७८  १६:४३
1140x725

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका करिब ९ पटकसम्म संशोधन भइसकेको छ। आगामी मंसिरमा हुने भनिएको महाधिवेशनको मिति पनि ३ पटक फेरिसकेको छ। तेस्रो पटकको संशोधनपछि कांग्रेसले मंसिर २४ देखि २६ सम्म १४औं महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका 'फाइनल' गरेको छ। 

महाधिवेशनको मिति पटक–पटक सर्दै आएकोले यसअघि निर्धारण गरिएको कार्यतालिकाअनुसार नेताहरुले 'दौडधुप'लाई महत्व दिएका थिएनन्। केही नेताहरुले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेपनि आम कार्यकर्तामा भने निर्धारित समयमै महाधिवेशन हुनेमा आशंका नै थियो। मंसिरका लागि निर्धारण गरेर तेस्रो पटकको संशोधनपछि 'फाइनल' भएको महाधिवेशनको कार्यतालिकालाई भने नेताहरुले 'गम्भीर' रुपमा लिएका छन्। अब संविधानअनुसार पनि तोकिएकै समयमा महाधिवेशन गर्नैपर्ने बाध्यता रहेकाले कांग्रेसका नेताहरु महाधिवेशन केन्द्रित दौडधुपमा सक्रिय भएका छन्। 

महाधिवेशन केन्द्रित छलफल तथा कार्यकर्ता भेटघाटसँगै नेताहरु जिल्ला दौडाहामा समेत लागेका छन्। तिहारअघि विभिन्न जिल्लाको भ्रमणमा निस्किएका शीर्ष तहका नेताहरु छठलगत्तै पुन: जिल्लाका कार्यक्रममा सरिक हुने भएका छन्।

तिहारका २ दिन अघि मधेसका जिल्ला भ्रमण गरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं फर्केका थिए। तिहारअघि धनुषा पुगेका पौडेलले कार्यकर्ता भेटघाटको साथमा पत्रकार सम्मेलन समेत गरेका थिए। सिरहामा कांग्रेसले आयोजना गरेको आमसभामा उनी प्रमुख अतिथि बने। ३ दिने भ्रमणको अन्तिम दिन हेटौंडाका कार्यकर्ता भेटेर पौडेल काठमाडौं फर्केका थिए। अब फेरि जिल्ला जाने नयाँ तालिका १/२ दिनमा बन्ने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

संस्थापन समूहबाट सभापतिको उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि छठलगत्तै केही दिन प्रदेश २ का जिल्लामा हुने कार्यक्रमा सरिक हुने भएका छन्। छठलगत्तै प्रदेश २ का जिल्लाका नेता–कार्यकर्ता भेट्ने तालिका बनेको निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए। 

महामन्त्री डा शशांक कोइरालाको भने जिल्ला जाने कुनै कार्यक्रम तत्काल नभएको बताइएको छ। कात्तिक २८ बस्ने केन्द्रीय समिति बैठक र क्षेत्रीय अधिवेशन सकिएपछि उनी जिल्ला जाने तरखरमा छन्।

महामन्त्रीमा उम्मेदवारी दिने बताएका सहमहामन्त्री डा प्रकाशशण महत पूर्वका जिल्लाको भ्रमण सकेर तिहारअघि काठमाडौं फर्केका छन्। ताप्लेजुङ, पाँचथर, इलाम लगायतका जिल्लाका कार्यक्रममा सहभागी भएर महत काठमाडौं फर्किएका थिए। 

सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका नेता प्रकाशमान सिंह पनि महोत्तरी, जनकपुर र चितवनका कार्यकर्ता भेटेर तिहारअघि काठमाडौं फर्केका थिए। सिंहले बाँके र बर्दिया जाने कार्यतालिका तय भइसकेको छ। उनी बुधबार (कात्तिक २४) मा बर्दियाका नेता कार्यकर्तालाई भेट्न त्यसतर्फ जाने भएका छन्। त्यसलगत्तै बाँकेका कार्यक्रममा उनी सरिक हुने भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सिंह लुम्बिनी र कर्णाली प्रदेशका जिल्लाको भ्रमण गरेर फर्कने उनका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए। सिंहले विराटनगर र वुटबलका कार्यकर्तासँग दसैं आसपासमा भेट गरेका थिए। सिंह सोमबार सिन्धुली पुगेका छन्। सिंहसँगै आगामी महाधिवेशनमा महाधिवेशनको उम्मेदवारी दिने बताएका नेता गगन थापा पनि सिन्धुली पुगेका छन्। 

सभापतिको उम्मेदवारी घोषणा गरेका अर्का नेता डा शेखर कोइरालाले सार्वजनिक कार्यक्रम नगरी कार्यकर्ता भेट्ने कार्यतालिका बनाएका छन्। निश्चित स्थानमा बोलाएर नेता कार्यकर्तालाई भेट्ने उनले कार्यतालिका बनाएका छन्। तिहारअघि २ दिन भैरहवामा रहेर लुम्बिनी प्रदेशका नेता कार्यकर्तालाई कोइरालाले भेटेका थिए। अन्य प्रदेशमा पनि यस्तै प्रकृतिको भेटघाटको कार्यक्रम बनाउने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी गराए।

पटक पटक महाधिवेशनको मिति सारेको कांग्रेसले मंसिर २४ देखि २६ सम्मको लागि १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ। १२ जिल्लामा आउँदो शनिबार वडा अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ। ती जिल्लामा विगतमा तोकिएको समयमा वडा अधिवेशन हुन सकेको थिएन। सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सामा आगामी शनिबार वडा अधिवेशन हुँदैछ।

ती जिल्लामा कात्तिक ३० मा पालिका अधिवेशन हुँदैछ। मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ। मंसिर ६ मा एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका १२ जिल्लाको अधिवेशन हुनेछ। एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन मंसिर १० मा सकिने छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोलुखुम्बु, दार्चुला र म्याग्दीको प्रदेश सभा क्षेत्रीय अधिवेशन कात्तिक २७ मा हुने भएको छ। ती ३ जिल्लाको अधिवेशन मंसिर १ मा सम्पन्न गर्ने गरी कार्यतालिका बनेको छ। जुम्लाको जिल्ला अधिवेशन मंसिर १ मा हुने निर्वाचन समितिले जनाएको छ।

अन्य ४६ जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन मंसिर ३ मा हुनेछ। ती ४६ जिल्लामध्ये प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मंसिर ६ मा सकिनेछ। एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको जिल्ला अधिवेशन मंसिर १० मा हुने कार्यतालिका बनेको छ। 

सातवटै प्रदेशको प्रादेशिक अधिवेशन मंसिर १६ र १७ मा हुने भएको छ।

रसुवा र रौतहटको क्रियाशील सदस्यता सार्वजनिक हुन नसक्दा दुई जिल्लाको कार्यतालिका बनाइएको छैन। क्रियाशील सदस्यता विवादको समाधान निकाल्न बनाइएको कार्यदलले समाधान निकाल्न नसक्दा सूची प्रकाशित हुन सकेको छैन। रसुवामा समायोजनको विवाद छ भने रौतहटमा नवीकरण सदस्यतामा विवाद रहेको बताइएको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्