• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ८, २०८३ Mon, Jun 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

तेलको मूल्य बढेपछि साइकल प्रयोगकर्ता बढे

रासस/एएनआई बिहीबार, कात्तिक १८, २०७८  २१:४९
1140x725

काबुल- अफगानिस्तानको राजधानी काबुलमा साइकल प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ।

पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दै गएपछि पेट्रोलियम पदार्थको आवश्यकता नपर्ने सवारीसाधन साइकलको प्रयोग बढेको हो।

यसअघि अफगानिस्तानी मूल्यअनुसार ३५ पर्ने प्रतिलिटर पेट्रोलियम पदार्थको मूल्य अहिले ७६ पुगेको अधिकारीले जनाएका छन्।

पछिल्लो दुईदेखि तीन महिनामा दोब्बरभन्दा बढी मूल्यवृद्धि भएकाले काबुलवासीले पेट्रोलियम पदार्थको प्रयोग घटाउन साइकलको प्रयोग बढाएका हुन्।

'पेट्रोलियम पदार्थको मूल्य बढेकाले बस तथा ट्याक्सीको भाडा पनि अत्यन्त धेरै बढेको छ, मैले त्यो मूल्य तिर्न सक्दिनँ,' स्थानीय अब्दुल क्वाडिरले भने।

nimb
nimb
Ncell 2
Ncell 2

'गाडी तथा ट्याक्सीको प्रयोग गर्नुको सट्टामा सम्भव भएसम्म साइकल नै प्रयोग गर्ने गरेका छौँ, नजिकै जान त हिडेर पनि जाने गरेका छौँ,' उनको भनाइ थियो।

सरकारी अधिकारीले काबुलमा पछिल्लो समयमा पैदलयात्रीको सङ्ख्या धेरै देखिएको पनि जानकारी दिएका छन्।

'पैदल यात्रीको सङ्ख्या बढेकाले पैदल मार्गमा भीडभाड पनि धेरै हुने गरेको छ,' एक सरकारी अधिकारीले भने।

साइकलको प्रयोग सस्तो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा गर्ने र वातावरणलाई पनि फाइदा गर्ने भएकासमेतले साइकल प्रयोगकर्ता बढेको अनुमान गरिएको छ।

विज्ञ तथा सरकारी अधिकारीले पनि साइकलको प्रयोगका लागि प्रोत्साहन गर्ने गरेको पाइएको छ। केही ढिला हुनेबाहेक साइकलको कुनै बेफाइदा नभएको विज्ञको भनाइ छ।

पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडादरसमेत वृद्धि भएपछि ट्याक्सीका प्रयोगकर्ता कम भएको भन्दै ट्याक्सी व्यवसायी चिन्तित भएका छन्।

उनीहरुले पहिला पहिलाको तुलनामा अहिले ट्याक्सीका ग्राहक निकै कम पाइने गरेकाले कमाइ निकै कम हुने गरेको बताएका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  २१:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ
रास्वपाको बन्दसत्र आजलाई स्थगित
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सम्बन्धित सामग्री
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा बुधबार १० डाउनिङ स्ट्रिटबाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्। सोमबार, असार ८, २०८३
अमेरिका–इरान वार्ता : ६० दिनभित्र अन्तिम सम्झौताको लक्ष्य, उच्चस्तरीय निगरानी समिति गठन वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नय... सोमबार, असार ८, २०८३
उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट: सात जनाको मृत्यु, तीन घाइते प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअप ट्रकलाई रिमोट–कन्ट्रोल गरिएको ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’मार्फत लक्षित गरिएको थिय... शनिबार, असार ६, २०८३
ताजा समाचारसबै
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपाको बन्दसत्र आजलाई स्थगित सोमबार, असार ८, २०८३
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्