काठमाडौं- संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा ४० राष्ट्रले कोइलाको उपयोगलाई बन्द गर्ने प्रतिबद्धता जनाएका छन्।
पोल्याण्ड, भियतनाम र चिली पनि ठूलो कोइला खपत भएका देशहरूमा पर्छन्। तर, अष्ट्रेलिया, भारत, चीन र अमेरिकालगायत विश्वका केही ठूला कोइलामा निर्भर देशले यसमा सहमति जनाएका छैनन्।
बेलायती उर्जामन्त्री क्वासी क्वार्टेंगले कोइला जलवायु परिवर्तनमा सबैभन्दा ठूलो योगदानकर्ता रहेको बताए।
सम्झौतामा हस्ताक्षर गरेका देशहरूले घरेलु र अन्तर्राष्ट्रिय रूपमा कोइलाबाट चल्ने ऊर्जामा लगानी अन्त्य गर्ने वाचा गरेका छन्।
बेलायतले यी देशहरूले २०३० को दशकमा कोइला प्रयोग बन्द गर्ने बताएको छ। यी मध्ये गरिब देशहरू २०४० को दशकमा कोइलाको प्रयोगलाई चरणबद्ध गर्न सहमत भएका छन्।
धेरै संघसंस्थाले यो प्रतिज्ञामा हस्ताक्षर समेत गरेका छन्। बैंकहरूले कोइला उद्योगलाई वित्त पोषण नगर्ने वाचा गरेका छन्।
बेलायतका उर्जा मन्त्री क्वार्टेङले भने, ‘कोइलाको अन्त्य अब नजिकै छ। विश्व सही दिशामा गइरहेको छ, स्वच्छ उर्जाद्वारा सञ्चालित हुने भविष्य दृष्टिमा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।