काठमाडौं- चीनले गत महिना साउथ चाइना सीमा एक नौसैनिक पान्डुबी जहाजको ठक्करबारेमा अमेरिकाले खुलेर जानकारी नदिएको आरोप लगाएको छ।
गत महिना अमेरिकाको एक न्यूक्लियर सबमरीनको टक्करको यस घटनाका बारेमा अमेरिकी अधिकारीहरुले यूएसएस कनेक्टिकट नामको यो पान्डुबी पानी भित्र कुनै अज्ञात वस्तुसँग ठक्कर खाएको बताएका थिए जसमा उसका केही नौसैनिक घाइते भएका थिए।
अमेरिकी नौसेनाको तर्फबाट जारी गरिएको बयानमा न ठाउँबारे जानकारी दिएको थियो न त स्पष्ट रुपमा कति मानिस घाइते भए भन्नेबारे जानकारी दिएको थियो।
केही अधिकारीहरुलाई उदृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले भने यो टक्कर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रीय जल क्षेत्रमा भएको थियो जसमा ११ सैनिक घाइते भएको जनाएका थिए।
नौसेनाको घटनाको लगभग एक महिनापछि फेरि अमेरिकाले एक बयान जारी गरेको छ र जसमा यूएसएस कनेक्टिकटको यो घटनाको जाँचका क्रममा उक्त पान्डुबी "एशिया-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय जल क्षेत्रमा काम गर्दै गर्दा समुद्रको भित्र 'अनचार्टर्ड सीमाउण्ट' मा रोकिन पुगेको जनाइएको छ।
अमेरिकाले बयान जारी गरेसँगै चीन सरकारले अमेरिकामाथि पारदर्शिता र जिम्मेवार नभएको आरोप लगाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले मंगलबार आफ्नो दैनिक ब्रिफिङका क्रममा अमेरिकाले यसका बारेमा पूर्ण जानकारी दिनुपर्ने बताए।
वांग वेनबिनले भने,'अमेरिकाले आफ्नो बयानमा जानिबुझी दुर्घटनास्थल एशिया-प्रशान्त क्षेत्रस्थित अन्तर्राष्ट्रीय जल क्षेत्र बताएको छ। र गम्भीर चिन्ताको विषयमा जवाफ दिएको छैन। जस्तो कि उक्त पान्डुबी त्यहाँ के गरिरहेको थियो, र के त्यसबार कुनै अन्य देशको जल सीमामा कुनै खालको परमाणु लिकेज भयो?, र के यसमा समुद्रको पर्यावरणमा कुनै क्षति पुगेको छ?'
प्रवक्ताले भने, "हामी एक पटक फेरि अमेरिकासँग उक्त घटनाबारे विस्तारमा जानकारी दिन आग्रह गर्दछौं।"
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।