काठमाडौं- यतिबेला राजधानी काठमाडौंसहित देशका सहरहरु बत्तीले झलमल्ल भएका छन्।
तिहारको आगमनसँगै अधिकांश घर, मल, कार्यालय तथा व्यावसायिक भवनहरुमा विद्युतीय बत्ती सजाइएका कारण सहर झलमल्ल बनेका हुन्।
बत्ती धेरै खपत भए पनि यो पटक कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले बत्ती जति पनि प्रयोग सकिने बताएको छ।
बत्ती पर्याप्त उपलब्ध भएकाले पनि यतिखेर सहर झिलिमिली बनेका छन्।
हेरौं बुधबार साँझ लिइएको काठमाडौंका केही तस्बिरहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।