काठमाडौं- इजरायलले सिरियाली राजधानी दमास्कस वरपरका क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको छ।
बुधबार इजरायलले दमास्कस वरपरको क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको सैन्य स्रोतलाई उदृत गर्दै सिरियाली सरकारी टेलिभिजनले जनाएको हो।
साना समाचार एजेन्सीले बुधबार स्थानिय समयअनुसार दिउँसो १ बजे भन्दा पहिले दमास्कसको बाहिर जाकिया क्षेत्रमा हमला भएको र उक्त हमलाबाट भौतिक क्षति भएको जनाएको छ।
गत शनिबार पनि इजरायलले सिरियाली राजधानीबाहिरको क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको थियो। इजरायली क्षेप्यास्त्रलाई सिरियाको वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो।
यसअघि अक्टोबर १४ मा मध्य सिरियामा भएको हवाई हमलामा परी सरकारपक्षीय ९ जना लडाकू मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।