काठमाडौं- काबुलको एक अस्पतालमा मंगलबार भएको आक्रमणमा हमदुल्लाह मुखलिस नाम गरेका एक वरिष्ठ तालिबान कमाण्डर मारिएको दाबी गरिएको छ।
मुखलिस कट्टरपन्थी हक्कानी नेटवर्कका सदस्य रहेको बताइएको छ। उनी तालिबानको विशेष बल ‘ काबुल कोर’का कमाण्डर पनि थिए।
अगस्टमा तालिबान सत्तामा आएपछि मृत्यु हुने मुखिलास सबैभन्दा वरिष्ठ तालिबान नेता हुन्।
‘जब हामीले सरदार दाउद खान अस्पतालमा हमला भएको थाहा पायौं। काबुल कोरका कमाण्डर मौलवी हमदुल्लाह मुखलिस तुरुन्तै घटनास्थल तर्फ प्रस्थान गरे। हामीले उनीहरूलाई रोक्न खोज्यौं। पछि उनको मृत्यु भएको थाहा पायौं,’ तालिबान मिडियाले भनेको छ।
काबुलमा मंगलबार भएको आक्रमणमा १९ जनाको मृत्यु भएको थियो । तालिबानको प्रतिद्वन्द्वी संगठन इस्लामिक स्टेट इन खोरासानले आक्रमणको जिम्मेवारी लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।