काठमाडौं- चर्चित सेयरिङ प्लेटफर्म टिकटकको माउ कम्पनी बाइटडान्सका सहसंस्थापक यिमिङ झाङले कम्पनीको अध्यक्षबाट राजीनामा दिएका छन्।
बाडटडान्सका संस्थापक तथा चीनका एक सफल व्यवसायी झाङले कम्पनीको पुनर्संचरना हुने तयारी भइरहेका बेला अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिएसँगै झाङ टिकटकको बोर्डबाट निस्किएका छन्।हुन त उनले यसै वर्षको सुरुमा व्यवस्थापनबाट अलग हुने चाहनासहित सीईओ पद छोड्ने घोषणा गरेका थिए।
उनको यो घोषणासँगै कम्पनीले जनशक्ति विभागका प्रमुख तथा बाइटडान्सका अर्का सहसंस्थापक रुबो लियाङलाई सीईओमा नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।