काठमाडौं- तालिबान सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाएको छ।पहिलादेखिनै समस्यामा रहेको अर्थव्यवस्था यो निर्णयसँगै संकटमा पुग्ने विश्लेषकहरुको भनाइ छ।
तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले घरेलु लेनदेनमा कोही व्यक्तिले विदेशी मुद्राको प्रयोग गरे उसमाथि कारबाही हुने घोषणा गरेको बीबीसीले जनाएको छ।
उनले भनेका छन्, “देशको आर्थिक अवस्था र अन्य हितका लागि हरेक अफगान नागरिकले अफगानी पैसाकोको प्रयोग गर्न जरुरी छ। इस्लामी अमिरात सबै नागरिक, पसले, व्यापारी र आम मानिसले सबै लेनदेन अफगानीमा गर्न आदेश दिन्छ। र, विदेशी मुद्रामाथिको प्रयोगमा प्रतिबन्ध लगाउँछ।”
१५ अगस्टमा देशमा कब्जा गरेपछि अफगानिस्तानको मुद्रा ‘अफगानी’ को मूल्य निकै कमजोर भएको छ।
देशको विदेशी मुद्राको भण्डार अन्तर्राष्ट्रिय समुदायले फ्रिज गरिदिएका छन्। बैंक मुद्रा अभावको सामना गरिरहेको छ र विश्व नयाँ सरकारलाई मान्यता दिने पक्षमा देखिएको छैन।
अफगानिस्तानमा व्यापारी लेनदेन अमेरिकी डलरमा हुँदै आएको छ। र, पाकिस्तानसँग सीमा जोडिएको स्थानमा पाकिस्तानी रुपैयाँ चल्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।