काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा दुई शक्तिशाली विस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ।
तालिबानका एक प्रवक्ताले पहिलो विस्फोट सरदार दाऊद खान अस्पतालको बाहिर भएको जनाए। उनका अनुसार दोस्रो विस्फोट पनि सोही क्षेत्रको नजिक भएको थियो।
समाचार एजेन्सी रोयटर्सले तालिबानसँग जोडिएका सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै जनाए अनुसार यो विस्फोटमा अहिलेसम्म १५ जनाको मृत्यु भएको छ र ३४ जना घाइते भएका छन्।
केही प्रत्यक्षदर्शीले उक्त क्षेत्रमा गोलीको आवाजपनि सुनेको जनाएका छन्।
तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ता कारी सईद खोस्ती विस्फोट भएको स्थानमा पुगेका छन्।
उनले विस्फोटमा मानिसहरुको ज्यान गएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।