काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा दुई शक्तिशाली विस्फोट भएको छ।
तालिबानका प्रवक्ताका अनुसार पहिलो विस्फोट सरदार दाऊद खान अस्पतालको अगाडि भएको थियो भने दोस्रो विस्फोट पनि सोही क्षेत्र नजिक भएको छ।
केही प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले उक्त क्षेत्रमा गोली चलेको आवाज पनि सुनेका बीबीसीले जनाएको छ।
अस्पतालका कर्मचारीले भित्र लडाइँ भइरहेको बताए। यसविस्फोटमा कसैको ज्यान गए नगएकोबारे जानकारी आइनसकेको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।