• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गीत चलाउने नयाँ आइडिया– टिकटकको भर

64x64
युवराज भट्टराई बिहीबार, कात्तिक १८, २०७८  ०७:१३
1140x725

काठमाडौं– गायिका इन्दिरा जोशीले केही समयअघि भनेकी थिइन्- ‘अहिले नयाँ कुन गीत आएको छ भन्ने कुरा टिकटक नहेरी थाहै हुन्न।’

उनले भनेजस्तै २०७७ असारमा युट्युबमार्फत् सार्वजनिक भएको अभि बस्ताकोटीको गीत टिकटकमा आएपछि मात्र धेरैले थाहा पाए। अभिको स्टेज नाम कर्टिस वाटर्स हो। उनी अहिले अमेरिकाको नर्थ क्यालोरिनामा बस्छन्। करिब १६ महिनाअघि उनको गीत ‘स्टनिन्’ युट्युबमा सार्वजनिक भए पनि धेरैले थाहा पाएका थिएनन्।

कर्टिसले आफ्नो गीतमा आफैँ नाचेर टिकटक बनाए। उनले क्याप्सन लेखेका थिए, ‘गीत भाइरल नहुँदासम्म आफ्नै गीतमा नाँच्छु।’

आफ्नै गीतमा नाँचेर केही टिकटक बनाए। त्यसपछि उनको गीतले चर्चा पायो। अनि, अरुले पनि धमाधम टिकटक बनाउन थाले। टिकटकमार्फत कर्टिस र उनको गीतसँग परिचित स्रोता युट्युबबाट उनका गीत सुन्न थाले। उनले युट्युबमा पनि लाखौंको संख्यामा ‘भ्युज’ कमाए। कर्टिस आफ्नो गीतलाई चर्चामा ल्याउन टिकटकले मद्दत गरेको बताउँछन्।

पछिल्लो समय कुनै पनि गीतलाई चर्चामा ल्याउन टिकटकले महत्वपूर्ण भूमिका खेल्न थालेको छ। कति धेरै टिकटक बने भन्ने आधारमा पनि गीतको लोकप्रियता मापन हुन थालेको छ। नेपालमा मात्र नभएर विश्वव्यापी रुपमा नै गीतको प्रचारका लागि टिकटक प्रयोग हुन थालेको छ। गीत निर्माताले टिकटकमा प्रतियोगितासम्म राख्ने गरेका छन्।

‘बिजनेस इन्साइडर’का अनुसार टिकटकले गीतसंगीत र कलाकारलाई आफ्नो सिर्जनाको विज्ञापन गर्ने मञ्च दिएको छ। धेरै टिकटक बनेका गीतले अन्य सन्चारमाध्यममा पनि उत्तिकै चर्चा पाउने गरेका छन्। विश्व संगीत बजारमा टिकटकमा चर्चित भएका गीतहरुले ‘स्पोटिफाइ’ तथा ‘विलबोर्ड १००’ स्ट्रिमिङ प्लेटफर्ममा समेत चर्चा पाएका छन्।

संगीतसम्बन्धी अनुसन्धान गर्ने ‘एमसीआर डाटा’ले गत नोभेम्बरमा गरेको एक अनुसन्धानअनुसार टिकटकका ६७ प्रतिशत प्रयोगकर्ताहरुले उक्त माध्यममा सुनेका गीत अन्य माध्यममा पनि गएर सुन्ने गरेका छन्। ७५ प्रतिशत प्रयोगकर्ताले नयाँ गायक–गायिका तथा सर्जकलाई टिकटकको माध्यमबाटै चिन्ने गरेका छन्। सन् २०२० मा विश्वव्यापी रुपमा टिकटकमार्फत चर्चामा आएका ७० जना गायक–गायिकाले ठूला म्युजिक कम्पनीसँग काम गर्ने सम्झौता गरेका छन्।

नेपाली गीतमा टिकटकको प्रभाव
विश्वभरि टिकटकका एक अर्बभन्दा धेरै प्रयोगकर्ता छन्। तीमध्ये आधाभन्दा धेरै दैनिक रुपमा सक्रिय रहने कम्पनीले जनाउँदै आएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

टिकटकले विभिन्न नेपाली गीतलाई पनि चर्चामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। कुनै पुरानो गीतलाई फेरि चर्चामा ल्याउन वा नयाँ गीतलाई लोकप्रिय बनाउन टिकटक सहयोगी बनिरहेको छ।

गत वर्ष तीजको बेला सार्वजनिक भएको खेम सेन्चुरी र मधु क्षेत्रीको सोचेझैं जिन्दगी रैनछ’ गीतको अंशले टिकटकमा निकै चर्चा बटुल्यो। उक्त गीतका अंशमा ५० हजारभन्दा बढी टिकटक बनाइएको थियो। टिकटकमा चर्चामा आएसँगै युट्युबमा पनि गीतको भ्युज बढ्यो। धेरैले युट्युबमा खोजेर पूरै गीत हेरे। हालसम्म उक्त गीतलाई युट्युबमा १ करोड ८० लाखभन्दा धेरै पटक हेरिएको छ।

नवगायक सजन राईको गीत ‘गाउँघरै रमाइलो’, लिना चौहान र भिम विष्टले गाएको ‘छेकेर माया छेकिन्न’, निशान भट्टराई र सोनिका लामाले गाएको ‘आँटो पिठो’लगायत गीत पनि सुरुमा टिकटकबाटै चर्चामा आएका थिए।

दुई महिनाअघि सार्वजनिक भएको हरिवंश आचार्य र मिलन नेवारको स्वरमा रहेको ‘कोदोको रोटीसँग एक चम्चा घ्यू’ बोलको गीत पनि टिकटकमार्फत नै चर्चामा आएको थियो। गजब टीभीले टिकटकमा राखेको उक्त गीतको अंशमा हालसम्म ८० हजारभन्दा धेरै भिडियो बनिसकेका छन्।

दुई महिनाअघि सार्वजनिक भएको हरिवंश आचार्य र मिलन नेवारको स्वरमा रहेको ‘कोदोको रोटीसँग एक चम्चा घ्यू’ बोलको गीत पनि टिकटकमार्फत नै चर्चामा आएको थियो। गजब टीभीले टिकटकमा राखेको उक्त गीतको अंशमा हालसम्म ८० हजारभन्दा धेरै भिडियो बनिसकेका छन्।

दिनेश ढकालको स्वर, संगीत तथा शब्दमा रहेको गीत ‘कालो केशमा रेलिमाई’लाई चर्चित बनाउन टिकटकले नै सहयोग गरेको हो। पश्चिमी लोकभाकामा रहेको उक्त गीत सार्वजनिक भएपछि धमाधम टिकटक बन्न थाले। टिकटकमा ‘ओएआर डिजिटल’ले राखेको एउटा अंशमा मात्र हालसम्म एक लाख ४० हजारभन्दा धेरै भिडियो बनिसकेका छन्। 

गीतलाई चर्चामा ल्याउन टिकटकको प्रयोग यतिसम्म भएको छ कि टिकटकमा चर्चित रहेका नेपाली प्रयोगकर्तालाई नयाँ गीत सार्वजनिक भएपछि त्यसैमा विज्ञापन गर्न लगाइन्छ। आफ्नो गीतमा टिकटक बनाउन निश्चित रकम नै दिइन्छ। 

केही महिना अघि सार्वजनिक भएको एक गीतका गायकका अनुसार उनले आफ्नो गीतमा भिडियो बनाउन टिकटकमा चर्चित रहेका प्रयोगकर्ताका लागि एक लाख रुपैयाँ खर्च गरेका थिए। उनको गीतले चर्चा पनि पायो। ती गायक भन्छन्, ‘टिकटकमा चर्चित चार जनालाई मैले २५ हजारका दरले पैसा दिएको थिएँ। उनीहरुले टिकटक भिडियो बनाएपछि मेरो गीतले राम्रै चर्चा कमायो।’

तर, गीतको निर्माणको करिब आधा रकम खर्च गरेर टिकटक बनाउन लगाए पनि त्यो चर्चा दीर्घकालीन नभएको ती गायक बताउँछन्। उनी भन्छन्, ‘टिकटकका कारण गीत त चर्चामा आयो, तर मैले त्यसपछि गाएका अन्य गीतमा सामान्य मात्रै भ्युज आए।’

गायक तथा संगीतकार वसन्त सापकोटा आफ्नो गीतको विज्ञापन गर्नमा रकम खर्चिनु नराम्रो नभएको बताउँछन्। उनी भन्छन्, ‘कुनै गीतमा टिकटक बनाउन लगाउँदा पैसा माग्छन् भने त्यो नराम्रो होइन। आफ्नो गीत राम्रो छ र टिकटकको सहारा नलिई पनि चर्चामा आउँछ भन्ने लाग्छ भने त्यो गर्नै पर्दैन। गीत स्रोताले मन नपराए जतासुकै पैसा खर्च गरे पनि हुँदैन।’ गीत राम्रो भए टिकटक पनि राम्रो बन्ने उनको भनाइ छ।

गीतको प्रचारका लागि टिकटक प्रतियोगिता
गत असोज २० मा ‘ट्रि इन्टरटेनमेन्ट’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया पिरिम’ बोलको गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई १ लाख रुपैयाँसम्म पुरस्कार दिइने घोषणा भएको छ। कात्तिक २२ सम्म टिकटक बनाउनेहरुमध्येबाट उत्कृष्ट १० जनालाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ। जसमा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३५ हजार, चौँथोलाई २५ हजार, पाँचौंलाई २० हजार, छैटौंलाई १५ हजार, सातौंलाई १२ हजार, आठौंलाई १० हजार, नवौंलाई आठ हजार र दशौं हुनेलाई ६ हजार पुरस्कार दिइने घोषणा गरिएको छ।

उक्त गीत विश्व नेपाली र अस्मिता परियारले गाएका हुन्। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँगै देलविस दर्शनधारी, राज तुम्बाहाम्फेले अभिनय गरेका छन्। 

एक महिनाअघि सार्वजनिक भएको ‘मेरो देशको नाम नेपाल’ गीतका लागि पनि प्रतियोगिता राखिएको छ। ‘एक’ फिल्मको उक्त गीतलाई चलचित्रकै निर्देशक मनोज पण्डितले लेखेका हुन् भने संगीत तथा स्वर हरि लम्सालको छ। उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार, तेस्रोलाई पाँच हजार र सर्वोत्कृष्ट कन्सेप्टसहितको टिकटक भिडियोलाई तीन हजार पुरस्कारको घोषणा गरिएको छ। टिकटक गीतलाई चर्चित बनाउन यस्ता प्रतियोगिता बाक्लै हुन थालेका छन्। 

स्रष्टालाई न रोयल्टी, न श्रेय
गायक तथा संगीतकार वसन्त सापकोटा सिर्जना राम्रो बनाउने सर्जकको पहिलो प्राथमिकता हुनुपर्ने बताउँछन्। सिर्जना राम्रो भए मात्र टिकटक भिडियोले चर्चा पाउन सक्ने उनको भनाइ छ। ‘गीत राम्रो छ भने टिकटकमा त्यसलाई सुनेपछि पूरा गीत सुन्न दर्शक आकर्षित हुन्छन्,’ उनी भन्छन्, ‘पहिले पहिले टिभीमा विज्ञापन गरेजस्तै अहिले टिकटकमा विज्ञापन गर्ने चलन स्थापित भएको छ। यो नयाँ प्रविधि हो, आत्मसात गर्दै जानुपर्छ।’

विभिन्न गीतमा टिकटक बनाउँदा टिकटक प्रयोगकर्ताहरुले पनि चर्चा कमाइरहेका हुन्छन्। सुधिर श्रेष्ठ, प्रिन्सी–प्रिज्मा खतिवडा, विना राउतजस्ता थुप्रै टिकटक प्रयोगकर्ताहरु यो माध्यमकै प्रयोगबाट मोडलिङ तथा म्युजिक भिडियो क्षेत्रमा पनि प्रवेश गरेका छन्। 

यसरी टिकटकमा प्रयोग भएका गीतबाट सर्जकले भने रोयल्टी वा अन्य सुविधा पाउँदैनन्। प्रविधि धेरै अगाडि बढेकाले संगीत क्षेत्रका सर्जकहरु त्यससँगै हिँडनु पर्ने सापकोटा बताउँछन्। उनी भन्छन्, ‘गायक त कमसेकम गीत गाएर पारिश्रमिक लिएर, कार्यक्रममा गएर आम्दानी गर्छन्। तर, गीतकार तथा संगीतकार मारमा हुन्छन्। टिकटकमा उनीहरुको सिर्जना चर्चामा आउँदा उनीहरुको नाम पनि हुँदैन। उनीहरुले पैसा पाउने त परको कुरा, त्यसमा कामको श्रेयसमेत दिइँदैन।’

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’ आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले आइतबार, जेठ ३१, २०८३
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्