काठमाडौं- सिंगापुरमा अस्वभाविक रुपमा कोरोना संक्रमित बढ्न थालेको भन्दै स्वास्थ्य अधिकारीले छानबिन थालेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५ हजार ३२४ नयाँ संक्रमित फेला परेका थिए। यसमध्ये समुदायका ४ हजार ६५१ र ६६१ आप्रवासी कामदार रहेका छन्।
गम्भीर रुपले संक्रमित भएका ६६ जनाको अति सघन उपचार कक्षमा उपचार भइरहेको र ७६ लाई निकटबाट निगरानी गरिएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयले छोटो समयभित्रै संक्रमितको संख्या अस्वभाविक रुपले बढेको घटनालाई अनुसन्धान गरिरहेको छ।’
त्यस्तै, सिंगापुरमा बुधबार कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। हालसम्म सिंगापुरका ८० प्रतिशतभन्दा मानिसले खोप लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।