काठमाडौं- देशको पेट्रोल वितरण सञ्जालमाथि मंगलबार भएको साइबर हमलामा विदेशी सेना संलग्न रहेको इरानले जनाएको छ। उक्त हमलाका कारण देशको पेट्रोल वितरण सञ्जाल अवरुद्ध भएको थियो ।
‘प्रीडेटरी स्पैरो’ भनिने एउटा समूहले प्रणाली ह्याक गरेको इरानले दाबी गरेको हो। तर, इरानको शीर्ष इन्टरनेट नीति निर्माता निकायले ह्याकको लागि एउटा अज्ञात ‘राज्य’ दोषी रहेको बताएका छन्।
राष्ट्रपति इब्राहिम राइसीले साइबर हमलाको उद्देश्य जनतामा आक्रोश जगाउने रहेको बताएका छन्।
आक्रमणले इन्ट्ररनेटमा आधारित प्रणालीलाई असर गरको थियो। जसले सरकारले जारी गरेको स्मार्ट कार्डको साथ सहुलियत मूल्यमा इन्धन किन्न अनुमति दिने प्रणालीलाई अवरुद्ध भएको थियो। जसका कारण पेट्रोल पम्पमा लामो लाइन लागेको थियो।
ह्याकरहरूले राजधानी तेहरान र अन्य ठाउँमा राजमार्गहरूमा सर्वोच्च ‘नेता आयतोल्लाह अली खमेनी, हाम्रो इन्धन कहाँ छ?’ सन्देश डिजिटल बिलबोर्डहरूमा लेखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।