काठमाडौं- पूर्वी इराकस्थित दियाला प्रान्तमा इस्लामिक स्टेट (आईएसआईएस)को आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ।
मंगलबार दियाला प्रान्तको अल हवाशा गाउँमा ‘निशस्त्र नागरिक’ लक्षित गरी आईएसआईएसले गरेको आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको इराकी सुरक्षा अधिकारीले जनाएका हुन्।
संयुक्त सैन्य कमाण्डले जारी गरेको विज्ञप्तिमा आक्रमणमा आईएसआईएसले कैयौं सवारी साधन र सेमिअटोमेटिक बन्दुक प्रयोग गरेको उल्लेख छ।
आक्रमणपूर्व आईएसआईएसका लडाकुले दुईजना गाउँले अपहरण गरी फिरौती मागेको र फिरौती नदिएपछि गाउँमा हमला गरेका थिए।
सन् २०१७ मा लगभग पराजित भएको इस्लामिक स्टेटद्वारा निशस्त्र नागरिक लक्षित आक्रमण बिरलै हुने गरेका छन्। तर, अझै पनि कैयौं क्षेत्रमा ‘स्लिपर सेल’मार्फत् सक्रिय देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।