काठमाडौं- अमेरिकाले राष्ट्रिय सुरक्षाको जोखिमको कारण देखाउँदै चिनियाँ टेलिकम कम्पनी चाइना टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको छ।
अमेरिकी अधिकारीहरुले चिनियाँ सरकारको नियन्त्रणमा रहेको कम्पनीले चीनलाई अमेरिकाको सञ्चारमा पहुँच दिने, डेटा डेटा स्टोर गर्ने, अवरोध सिर्जना गर्नेजस्ता कार्य हुन सक्ने भन्दै अनुमतिपत्र खारेज गर्न लागेको हो।
बीबीसीका अनुसार टेलिकमले अबको ६० दिनमा अमेरिकामा आफ्नो सेवा बन्द गर्नुपर्नेछ। चाइना टेलिकमका विश्वका ११० मुलुकमा लाखौं प्रयोगकर्ता छन्। करिब २० वर्षदेखि चाइना टेलिकमले अमेरिकामा सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा आफ्नो सेवा जारी राख्न सक्दो प्रयास गर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।