काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले ९ अर्ब डलर मुनाफा कमाएको छ। कम्पनीको उक्त मुनाफा अपेक्षाभन्दा धेरै रहेको समाचारहरुमा उल्लेख छ।
तेस्रो त्रैमासमा कम्पनीले अपेक्षा गरेभन्दा धेरै मुनाफा कमाएको हो। गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ७ अर्ब ८० करोड डलर रहेको थियो।
अनलाइन विज्ञापनमा भएको वृद्धिका कारण समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि ३५ प्रतिशतले बढेर २९ अर्ब १ करोड डलरमा पुगेको छ।
सेप्टेम्बर ३० सम्मको १२ महीनामा कम्पनीको मासिक यूजर बेस ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोडमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।