काठमाडौं- जापानी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छन्। यसका लागि उनले राजपरिवार त्यागेकी छन्।
जापानी राजपरिवारको नियमानुसार यदी शाही परिवारका कुनै सदस्यले सर्वसाधारणसँग विवाह गर्ने हो भने उसले राजघराना छोड्नु पर्ने हुन्छ।
२५ वर्षीया राजकुमारी माको सम्राट अकिहीतोकी नातिनी हुन्। उनी एक कानुनी फर्ममा कर्मचारी हुन्।
राजकुमारी माको र केई कोमुरोबीच २०१२ मा टोकियो इन्टरनेशनल क्रिश्चियन यूनिभर्सिटीमा भेट भएको थियो र सँगै पढ्थे।
जापानमा पर्यटनको बढावा दिनका लागि केईले एक पटक 'प्रिन्स अफ सी' को रुपमा पनि काम गरेका थिए।
राजकुमारी माकोले शाही विवाहलाई सामान्यरुपमा गरेकी थिइन् र शाही महिलाहरुलाई विदाइमा दिइने रकम लैजान पनि अस्वीकार गरेकी थिइन्। यस्तो गर्ने शाही परिवारकी उनी पहिलो महिला हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।