काठमाडौं- पाकिस्तानको ऐबोटाबाद शहरमा एक साथ जन्मिएका सात शिशुमध्ये ६ जनाको मृत्यु भएको छ र एक शिशुको भेन्टिलेटरमा उपचार भइरहेको छ।
गत हप्ता ऐबोटाबादको जिन्ना इन्टरनेशनल हस्पिटलमा एक महिलाले सात शिशुलाई जन्म दिएकी थिइन्। जसमध्ये पाँच शिशुको सोही अस्पतालमा र अन्य एक शिशुको अयुब टिचिङ अस्पतालमा मृत्यु भएको थियो।
शिशुका पिता कारी यार मोहम्मदले एक बच्चा जन्मेको २४ घन्टामा वितेको र केही घन्टापछि दोस्रो शिशुको मृत्यु भएको बताए।
सोही रात अन्य तीन शिशुको मृत्यु भएको थियो। यार मोहम्मद बटग्राम जिल्लामा बस्छन्। उनीहरुका पहिला नै दुई छोरी थिए।
यार मोहम्मदले शिशुकी आमालाई अहिलेसम्म दुई बच्चाको मृत्युबारेमात्र जानकारी दिएको बताए।
अस्पताले समय नपुगी शिशुहरुको जन्म भएको र तौल कम भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।