काठमाडौं- अफ्रिकी मुलुक सुडानमा सैन्य कू भएको छ। यससँगै अन्तरिम सरकारका केही मन्त्रीहरुलाई उनीहरुको घरमा नजरबन्द गरिएको छ।
प्रधानमन्त्री अब्दुल्ला हमदोक र उनी नेतृत्वको सरकारका चार मन्त्री गिरफ्तार परेको बीबीसीले जनाएको छ। उनीहरुलाई सोमबार केही अज्ञात सैनिकले हिरासतमा लिएको जनाइएको छ।
सुडानको सेनाले भने यसबारेमा केही टिप्पणी गरेको छैन। तर, लोकतन्त्र समर्थक समूहले मानिसलाई सडकमा उत्रेर विरोध प्रदर्शन गर्न अपिल गरेको छ।
दुई वर्ष पहिला सुडानमा नेतृत्व गरिरहेका उमर अल बसिरका सत्ताबाट हटाएपछि एक अन्तरिम सरकार अस्तित्वमा आएको थियो।
त्यसयता सेना र सरकारबीच तनावको स्थिति आएको थियो।
प्रत्यक्षदर्शीहरुका अनुसार राजधानी खार्तुममा इन्टरनेट बन्द छ। समाजिक सञ्जालमाहरुमा सेयर गरिएको सन्देशहरुमा मानिसहरुले सडकमा टायर बालिरहेका देखिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार खार्तुममा सेना र अर्धसैनिक बल तैनाथ गरिएको छ र मानिसहरुको हिँडडुललाई सिमित गरिएको छ।
खार्तुम विमानस्थल पनि बन्द गरिएको छ र सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।