काठमाडौं– चीनको विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सफेङले नयाँ उड्ने कार सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको कार सडकमा पनि गुड्न सक्ने जनाइएको छ।
कम्पनीको सहायक एचटी एरोले आइतबार सो कार लञ्च गरेको हो। अहिलेको लागि कम्पनीले व्यवसायिक रुपमा भने कार उपलब्ध गराएको छैन।
कम्पनीले उक्त कार सन् २०२४ मा विक्रीका लागि उपलब्ध गराउने योजना बनाएको छ। कारको अन्तिम डिजाइन पनि परिवर्तन हुन सक्ने एचटी एरोले जनाएको छ।
यसले कारलाई सडकमा गुड्न अनि रोटर्स विस्तार भएपछि उड्न मद्दत गर्नेछ। कारमा प्याराशुटजस्ता सुरक्षाका फिचरहरु पनि भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।