काठमाडौं- किर्गिजस्तानमा अमेरिकी सैन्य अखडा नरहने राष्ट्रपति सदिर झापारोभले बताएका छन्।
राष्ट्रपति झापारोभले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा अमेरिका सैन्य अड्डा सम्बन्धी गरेको सम्झौता धेरै वर्ष पहिले नै समाप्त भएको बताएका हुन्।
‘हामीसँग कान्ट सहरमा रुसी बेस छ। हामीलाई देशमा अमेरिकी सैन्य आधार चाहिँदैन। हाम्रो लागि एउटा सैन्य आधार पर्याप्त छ,’ उनले भने।
अमेरिका र यसको उत्तर एट्लान्टिक सन्धि संगठनका सहयोगीहरूले आतंकवादसँग लड्ने नाममा सन् २००१ मा मानस अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई अड्डा खोलेका थिए र सन् २०१४ मा सम्झौताको म्याद सकिएपछि बन्द गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।