काठमाडौं- भारतको उत्तराखण्डमा बाढी र पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ।
भारतको मौसम विभागले उत्तराखण्डको १३ जिल्लामा आइतबारदेखि मंगलबारसम्म भारी वर्षा, चट्याङ, असिनापानी र हावाहुरी आउन सक्ने बताएको थियो।
उत्तराखण्डमा विगत दुई दिनमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। मुसलधारे बर्षाले राज्यका धेरै भागहरुमा बाढी र पहिरो गएको छ।
बाढीबाट कुमाउ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। नैनीतालको रामगढ क्षेत्रमा बर्षा सुरु भएको छ।
केन्द्रीय सरकारले बाढी प्रभावित क्षेत्रमा फसेका मानिसहरुलाई उद्धार गर्न एनडीआरएफ र वायुसेनाको टोलीलाई खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।