काठमाडौं- मोरक्कोका ५१० कैदीलाई आममाफीको घोषणा गरिएको छ। मोरक्कोका राजा मोहम्मद छैटौँले मंगलबार उनीहरूलाई आममाफी दिएको घोषणा गरेका हुन्।
इस्लाम धर्मावलम्बीहरूका ईश्वरदूत मानिने मोहम्मदको जन्मदिनको अवसर पारेर उनीहरूलाई आममाफी घोषणा गरिएको अधिकारीहरूले जनाएका छन्।
मंगलबार संसारभरिका इस्लाम धर्मावलम्बीहरूले मोहम्मद जयन्ती मनाएका छन्। मुस्लीम धर्मावलम्बीहरू धेरै भएका देशहरूमा यस जयन्तीलाई विषेश महत्वका साथ मनाउने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।