काठमाडौं- बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमित बढ्दै गएको बताइएको छ।
पछिल्लो २४ घण्टामा करिब ५० हजार संक्रमित भेटिएका छन्। बेलायतका अधिकारीहरुले कोरोना संक्रमण घट्न नसकेको देखिएको बताएका छन्। सोमबार ४९ हजार १५६ जना संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
यो संख्या महिनौँपछिको सबैभन्दा धेरै हो। पछिल्ला केहीदिनमा संक्रमण झन् बढेको पाइएको छ। अधिकारीहरुले बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या करिब ८५ लाख पुगेको पनि जनाएका छन्।
स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा ४५ जनाको निधन भएको छ। यो समेतगरी १ लाख ३८ हजारभन्दा धेरै मानिसको यो संक्रमणबाट ज्यान गएको छ।
महिनौँपछि ठूलो संख्याका संक्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन्। स्वास्थ्य अधिकारीले धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन्।
बेलायतमा कोरोनाबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।