complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस पुरानै ढर्रामा जाँदै छ, रुपान्तरण हुँदैन

64x64
उद्धव प्याकुरेल बुधबार, कात्तिक ३, २०७८  १०:३४
1140x725

तत्कालीन नेकपामा आएको विग्रह र केपी शर्मा ओलीका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः प्रधानमन्त्री हुने अवसर पाए। यद्यपि, जनताले कांग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएका थिए। 

देउवा प्रधानमन्त्री हुनुअघि नै कांग्रेसमा महाधिवेशन केन्द्रित गतिविधि सुरु भइसकेको थियो। अहिलेसम्म स्थानीय तह र केही जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। यो अवस्थाबाट कांग्रेसलाई सुक्ष्म रुपमा हेर्दा अबको महाधिवेशनबाट पुरानै ढर्राको निरन्तरता हुने देखिन्छ।

फरक के छ भने, स्थानीय तहमा नयाँ पुस्ता आउन खोजेको देखिन्छ। तर, अधिकांश पुरानै अनुहार छन्। केही युवा नेतृत्वमा आउन खोजेको मात्र हो, आएको होइन। त्यसैले उत्साही हुने अवस्था छैन।

हामी स्कुल र कलेज हुँदाका पुस्ता स्थानीय तहमा निर्वाचित भएका छन्। अहिले आएका केही युवा कांग्रेस बनाउने अभियान वा तालिमबाट होइन, ‘मेरो बा, आमा वा परिवारका मानिस कांग्रेस छन्’ भनेर आए। त्यसैले कांग्रेसमा युवा पुस्ता हैन ‘लिगेसी’ मात्र आएको छ।

अबको महाधिवेशनबाट कांग्रेस रुपान्तरण होला भन्ने मलाई लाग्दैन। महाधिवेशनको छायाँमा स्थानीय अधिवेशन गरेर पारदर्शी रुपमा नेतृत्व आउँदैन। हरेक वर्ष २५ प्रतिशत वडामा अधिवेशन हुँदै जाने प्रणाली ल्याउनुपर्छ। क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन पनि यही दरमा गर्नुपर्छ। यसरी गर्दा चार वर्षमा पुर्णरुपमा प्रतिनिधि चयन हुन्छ। महाविधेशन हुने वर्ष २५ प्रतिशत ठाउँमा मात्र निर्वाचन हुने हुँदा ठूलो प्रभाव पर्दैन। नेतृत्व विकासमा पनि सहयोग पुग्छ। 

अहिलेको प्रणालीले कांग्रेसको नीति र नियम बनाउन होइन, कसैलाई जिल्ला सभापति र कसैलाई अन्य कुनै पदमा लैजाने वाचा गरेर नेतृत्व र प्रतिनिधि छानिन्छ। नीति वा नियममाथि त छलफल गर्ने समय नै हुँदैन। कसैले ‘मेरो नियम र नीति यो छ’ भनेर छलफल गर्ने समय पाएको छ? अनि कसरी रुपान्तरण भएर नयाँ नेतृत्व चयन हुने आस गर्न सकिन्छ?

कांग्रेसले आफूलाई ‘मास’मा आधारित पार्टी भन्ने गरेको छ। मासमा आधारित पार्टीको क्रियाशील सदस्य वितरणमा यस्तो विवाद हुन जरुरी थिएन। महाधिवेशन हुनुभन्दा तीन चार वर्षअघिदेखि कसैले ‘कांग्रेस बन्छु’ भनेर सम्मेलन भइरहेको चौतारामा घोषणा गर्छ भने त्यसलाई स्वीकार गरेर सदस्यता दिनुपर्छ। अहिले भएको समस्या भनेको संगठन कब्जा गर्न महाधिवेशनको मुखमा गलत मानिसलाई क्रियाशील सदस्यता वितरण हुनु हो। 

कांग्रेसमा कतिपय पदमा निर्वाचित हुने प्रणाली सुरु भएको छ। यो लोकतन्त्रको राम्रो पक्ष हो। तर, नेतृत्वमा कसरी आइरहेका छन् भन्ने हेर्नुपर्छ। रातरात संगठन बन्ने र अमुक व्यक्तिलाई भोट हाल्ने कांग्रेसी नै तल्लो तहको निर्वाचनमा छानिन थालेकाले समस्या देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘सिटौला समूह’ वैचारिक धार होइन 
कृष्ण सिटौला लगायतले आफूलाई ‘वैचारिक धार’ भन्ने गरेका छन्। यो शब्द चयन गलत छ। कांग्रेसले नेतृत्व गरेर बनाएको संविधानका धेरै कुरा मन नपरेको कतिपय कांग्रेसजनकै टिप्पणी छ। सिटौलाले यो विषयलाई मन्थन गरेर वैचारिक रुप दिन सक्नु भएन। वहाँहरुले तालिम वा छलफल गराउन सक्नु भएन। खाली भागबन्डामा हिस्सा लिने काम मात्र भयो। त्यसैले यो समूहलाई वैचारिक धार नभनी गुट भन्नुपर्छ। 

अहिले महामन्त्रीको उम्मेदवारको घोषणा गरेका गगन थापा र विश्वप्रकाश शर्माले अब छलफलको पहल लिनुपर्छ। कांग्रेस हुनु र भोटर हुनु फरक विषय हुन्। भोटर र क्रियाशील सदस्य लिएको व्यक्तिसँग जिम्मेवारी नै फरक हुन्छ। भोटरलाई विचार सिकाएर पार्टीमा सक्रिय बनाउनुपर्छ। तालिम नै गरिनुपर्ने यस्ता विषयमा अहिलेसम्म पार्टीले पाठ्यपुस्तक बनाएर कार्यकर्तालाई पढाउने परम्परा छैन। केन्द्रिय सदस्यहरुमै यो विषय बुझाउन सकिएको छैन।

देश संघीय संरचनामा आएपछि कांग्रेसले संगठन बनाउनुपर्ने थियो। संविधानका अन्य विषय पनि लागू गर्दै जानुपर्ने थियो। जस्तो, महिलाको ३३ प्रतिशत सहभागिता संविधानमा छ भने यसलाई तत्काल कार्यान्वयन किन गर्न सकेन? हुन त, अरु पार्टीभन्दा कांग्रेस धेरै समावेशी छ। तर, अब बिस्तारै घट्दै गएको देखिन्छ। सिमान्तकृत र तल्लो वर्गको प्रतिनिधित्व पनि कम भइरहेको छ।

कांग्रेस अहिले सत्तामा छ। महाधिवेशन पनि संघारमै छ। यस्तोमा महाधिवेशन केन्द्रित चर्चा हुने नै भयो। तर, ‘चमत्कार’ हुने गरी परिर्वतन दिने नेतृत्व आउला भन्ने लाग्दैन। तल त्यस्तो संरचना नै नबनेपछि नेतृत्वमा नयाँ तरंग आउने संभावना छैन। खाली गुटहरुको प्रतिश्पर्धा हुन्छ। त्यसमा एउटा गुट सिटौलाको हुनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, अब कांग्रेसमा अर्को डर छ, ‘हिन्दूवादी’हरुले अहिलेसम्म प्राप्त उपलब्धि उल्टाउने प्रयास गर्नेछन्। कतिपय नेतालाई अहिले पनि समानुपातिक प्रणाली मन परेको छैन। उनीहरु यसलाई हटाउन चाहन्छन्। यसरी हेर्दा कांग्रेस अझै ‘कन्जरभेटिभ’ रुपमा आउने संभावना देखिन्छ। यसलाई चिरेर संविधान जोगाउने चुनौती कांग्रेसलाई छ।

कांग्रेसको समस्या अनेक थरीका गुट हुन्। शीर्ष तहका नेताले नै यस्ता गुट बनाएका छन्। गुटमा विश्वास गर्न थालेपछि त्यो देशको वा पार्टीको नेता हुँदैन, गुटकै मात्र हुन्छ। सभापति भएको मानिसलाई गुट चाहिँदैन, तर यहाँ त ‘मपछि मेरै मानिस चाहिन्छ’ भन्ने चलन सुरु भएको छ। अझ डरलाग्दो त मपछि मेरै परिवारका मानिस हुनपर्छ भन्ने लिगेसी सुरु भएको छ। यसो हुँदा पार्टी साँघुरिदै जान्छ।

विगतका नेतामा विभिन्न गुटहरुसँग खेल्न सक्ने क्षमता देखिएको थियो। तर, अहिले आफ्नै गुटलाई मात्र च्याप्ने व्यवहार देखिएको छ। जब गुटको मात्र कुरा सुन्न थाल्नुहुन्छ, अनि नेतृत्व सर्वस्वीकार हुनै सक्दैन। सर्वस्वीकार्य नेतृत्व नभएसम्म पार्टी विस्तार हुँदैन। गुटबाटै नेतृत्वमा पुगे पनि त्यसपछि सबैलाई समान व्यवहार गर्न सक्नुपर्छ।

को हो ‘तेस्रो तह’? 
‘तेस्रो तह’ भन्दैमा उत्साह होला कि नहोला भन्ने प्रश्न छ। मुख्य विषय त कसलाई तेस्रो तह भन्ने? 

बीपी कोइरालाले गगन थापाको भन्दा कम उमेरमै धेरै काम गर्नुभएको थियो। शेरबहादुर देउवा ५० वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो। अहिले तेस्रो पुस्ता भनेका व्यक्तिहरु यही उमेर हाराहारीमा पुगेका छन्।

गगन थापाले अघिल्लो पटक पनि महामन्त्रीमा प्रतिस्पर्धा गर्नु भएकै थियो। तर, क्रियाशील सदस्यता वितरण र तल्लो तहको नेतृत्व चयन नै गुटका आधारमा भएपछि वहाँहरु त्यसभन्दा बाहिर निस्कन पक्कै सक्नुहुन्न। वहाँहरुले गुटविना नजितिने स्वीकार गर्नुभएकै छ। यो उहाँहरुको रहर होइन बाध्यता हो। 

५० वर्षभन्दा कम उमेका नेताहरु एक ठाउँमा उभिएर ‘सबै पदमा हामी उम्मेदवारी दिन्छौँ’ भनेर जानु भएको भए पक्कै फरक पार्ने थियो। तर, यतातिर न पहल भयो, न हिम्मत नै देखियो। यही संरचनाले ‘तेस्रो पुस्ता’ नेतृत्व तहमा आउने संभावना देखिँदैन। हाम्रो शुभेच्छा भए पनि जित्न सहज छैन। जिते पनि कांग्रेसलाई रुपान्तरण गर्न सहज देखिँदैन। 

कसैले १० वा २० वर्ष योगदान गरेको आधार देखाएर हुँदैन, लिगेसी आवश्यक हुनुपर्ने सोच छ। तपाईंको बाबु वा श्रीमान् वा अरु कोही कांग्रेस हुनैपर्छ। नेतृत्वले आफ्ना मानिसलाई मात्र ल्याउन मिल्ने ढोका बनाएका छन्। सबै राजनीतिक दलमा यस्तो भए पनि कांग्रेसमा अलि धेरै छ। 

कांग्रेसले आफ्नै मानिस मात्र अट्ने घेरा बनाउने हो भने रुपान्तरणका विषय नारा मात्र हुने छन्। नयाँ सोच र नयाँ नेतृत्व आएमा मात्र संविधानदेखि गणतन्त्र ल्याउने कांग्रेसको भविष्य अघि बढ्छ। नत्र अस्तित्व समाप्ततिर जाने हो।

(राजनीतिक विश्लेषक प्याकुरेलसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उद्धव प्याकुरेल
लेखकबाट थप
कांग्रेस पुरानै ढर्रामा जाँदै छ, रुपान्तरण हुँदैन
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्