काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलवार कारोबार सुरु भएलगत्तै सेयर बजार ठूलो अंकले घटेकोे छ।
प्रि ओपन सेसनमा सामान्य बढेको नेप्से कारोबार शुरु भएदेखि नै घटेको थियो। अपरान्ह १ बजेसम्ममा ८८ दशमलव ०५ अंकले घटेको छ।
उक्त अवधिसम्ममा १७७ कम्पनीको सेयरमूल्य घटेको छ भने आठ कम्पनीको सेयरमूल्य बढेको छ। उक्त अवधिसम्ममा कुल १ अर्ब ७० करोड रुपैयाँको सेयर खरीदविक्री भएको छ।
कारोबारमा आएका सबै समूह राताम्मे भएका छन्। अघिल्लो कारोबार दिन सोमबार पनि बजार ६९ अंकले घटेर बजार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।