प्रतीकात्मक तस्बिर
काठमाडौं– उत्तर कोरियाले सोमबार आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले बताएको छ।
समयसमयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोयिाले गरेको हो। दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै दिइएको समाचारहरुमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ।
उत्तर कोरियाले हानेको सो क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको छ। सो अहिले नै सो क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन।
यस क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले भने कुनै जानकारी दिएको छैन।
केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको जनाइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।