काठमाडौं- इजरायलमा क्रुसेडर (धार्मिक युद्ध)को पालामा प्रयोग भएको करिब ९ सय वर्ष पुरानो तरबार भेटिएको छ। उक्त प्राचीन तरबार इजरालयको कार्मेल समुद्रमा भेटिएको हो।
सो तरबार इजरायलको कार्मेल समुद्रमुनि भेटिएको इजरायलको एन्टिक्विटिज अथोरिटी (आइएए)ले सोमबार घोषणा गरेको छ।
मध्यकालिन युगमा क्रिष्चियनहरुले चलाएको क्रुसेडर युद्ध १०९५ देखि १२९१ को बीचमा चलेको थियो। मुस्लिमबाट धार्मिक भूमि खोस्न चलेको सो युद्ध इजरायललगायत अन्य क्षेत्रमा चलेको बताइन्छ।
आइएएका अनुसार करिब ९ सय वर्षअघि भएको क्रुसेडर युद्धको समयमा सो तरबार क्रुसेडर सैनिकले प्रयोग गरेका थिए। ‘तरबार एकदम सही अवस्थामा संरक्षित छ। यो एक दुर्लभ खोज हो। सो तरबार एक क्रुसेडर नाइटसँग जोडिएको छ,’ आइएएले भनेको छ,‘यो समुद्री जीवहरुसँग घेरिएको अवस्थामा पाइएको थियो। तरबार फलामबाट बनेको छ।’
सो तरबार फलामबाट बनेको र निकै बलियो रहेको पुरातत्वविद्ले बताएका छन्। सो क्षेत्रमा विस्तृत खोज कार्य अघि बढाएको पुरातत्वविद्हरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।