काठमाडौं- जर्मनीमा हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ। दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा हेलिकोप्टर दुर्घटनामा परेको हो।
एकजना स्थानीय प्रहरी प्रवक्ताले दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको बताएका छन्।
उनीहरुको खोजी कार्य जारी रहेको छ। दुर्घटनाको कारण अझै पत्ता लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।