काठमाडौं– नर्वेमा एक व्यक्तिले धनुकाण (धनुसमा राखेर हानिने काण/तीर)ले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ। धनुकाण आक्रमणबाट अरु २ जना घाइते भएका जनाइएको छ।
राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा धनुकाण आक्रमण भएको हो। आक्रमणमा संलग्न १ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
आक्रमणमा एकजना मात्रै संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ। आक्रमणको उद्देश्य चाहिँ थाहा हुन नसकेको प्रहरीले जनाएको छ।
हताहत भएकाध्ये केही सुपरमार्केटमा फेला परेका थिए। जसमध्ये ड्युटीमा नरहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको छ।
नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले व्यक्तिहरूविरुद्ध डरलाग्दो कार्य गरिएको भन्दै त्यसको निन्दा गरेकी छन्। प्रधानमन्त्री सोल्बर्गले त्यो आक्रमण आतङ्कवादी कार्य भए वा नभएको विषयमा अनुसन्धान भइरहेको उनले बताइन्।
घरहरूका काठका भित्तामा वाणहरू अड्केका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।