बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले हरित अन्तर्राष्ट्रिय सहयोगलाई बढाउँदै यसको लाभ सबै देशहरूमाझ बाँड्न जरुरी रहेको बताएका छन्।
राष्ट्रपति सीले बेइजिङमा मंगलबार भिडियो लिंकमार्फत् जैविक विविधतासम्बन्धी महासन्धि पक्षहरूको सम्मेलनको १५औं बैठकका नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्।
राष्ट्रपति सीले उक्त अवसरमा पारिस्थितिक सभ्यताको विकासलाई मानव र प्रकृतिबीचको सम्बन्धलाई समन्वय गर्न एक मार्गदर्शक सिद्धान्तका रुपमा लिनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।