काठमाडौं- अफगानिस्तानको कुन्दुज प्रान्तमा दुई दिनअघि भएको आत्मघाती विष्फोटमा आईएसको संलग्नता रहेको बताइएको छ।
गत शुक्रबार भएको हिंसात्मक बिस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको थियो। उक्त बिस्फोटमा आईएसको संलग्नता रहेको बताइन्छ।
एक जना आत्मघाती बम आक्रमणकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेका थिए।
अफगानिस्तानको एक मस्जिदमा गरिएको सो बिस्फोटमा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका नागरिक रहेका बताइएको छ। यस बिस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।