काठमाडौं- कोरोनाविरुद्ध खोप नलगाएकै कारण ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोलाई फुटबल खेल हेर्न प्रतिवन्ध लगाइएको छ।
ब्राजिलको घरेलु टिम सान्तोस र ग्रिमिओ फुटबल क्लबबीच घरेलु मैदानमा भइरहेको क्लब स्तरीय खेल हेर्न उनलाई रोक लगाइएको हो।
उक्त खेलमा कोरोना महामारीको सुरु भएपछि पहिलोपल्ट मैदानमा उपस्थित दर्शकलाई कोरोनाविरुद्धको खोप अनिवार्य या पीसीआर परीक्षण गरेकाहरुलाई मात्र प्रवेश गर्न अनुमति दिने बताइएको थियो।
‘मैले फुटबल हेर्न खोजे। त्यहीबेला उनीहरूले मलाई खोप लगाएको हो भनेर सोधे,’ बोल्सोनारोले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै भनेका छन्, ‘फुटबल हेर्न किन खोप लगाउनु पर्यो?’
बोल्सोनारोले अहिलेसम्म कोभिड खोप लगाएका छैनन्। उनी अरुलाई पनि खोप नलगाउन सुझाव दिँदै आएका छन्। आफ्नो शरीरमा पर्याप्त एन्टीबडी भएको भन्दै कोरोना संक्रमणलाई उनले जहिले पनि हल्का रुपमा लिँदै आएका छन्।
सान्तोस क्लबका एक प्रवक्ताले भने राष्ट्रपतिलाई खेल हेर्न आमन्त्रीत गरिएको थिइएन। उनले सबै खेलप्रेमीले खोप लगाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।