काठमाडौं- सिरियामा भएको कार बम विष्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकुसहित ६ जनाको मृत्यु भएको छ।
विद्रोहीको नियन्त्रणमा रहेको उत्तरी सहर अफ्रिनमा सोमबार भएको बम विष्फोट सर्वसाधारणको भिड लागेको क्षेत्रमा गराइएको हो।
अफ्रिनमा नियमित हत्या, बम विस्फोट र गोली हानाहानको दृश्य सामान्यरूपमा देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।