काठमाडौं- उत्तर कोरियाको जासुसी संस्थाका एक पूर्व वरिष्ठ सैन्य अधिकारीले शासक किम जोङ उनले कहिले पनि आफ्नो देशको परमाणु हतियार नष्ट नगर्ने बताएका छन्।
सन् २०१४ मा उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका किम कुक सोङले उत्तर कोरियाको शक्तिशाली जासुसी संस्थामा तीस वर्ष जागिर गरेका थिए र उनी कर्नेलसम्म बनेका थिए। बीबीसीसँगको कुराकानीमा किमले बताए अनुसार पैसाको कमीसँग जुधिरहेको उत्तर कोरिया, मध्य पूर्व र अफ्रिकामा हतियारको बिक्री र नशालु औषधिको सम्झौताबाट फण्ड जुटाउन लागिरहेको हुन्छ।
उनले भने, “मैले स्वयं तीन विदेशिलाई उत्तर कोरियामा क्रिस्टल मेथ (एक किसिमका ड्रग्स) को उत्पादन बनाउनका लागि भनेको थिएँ। उत्तर कोरियामा सारा पैसा किम जोङ -इल र किम जोङ-उनको हो। त्यस पैसाले उत्तर कोरियाका नेता आफ्ना लागि आलीशान घर बनाउँछन्। महँगो गाडी, कपडा खरिद र विलासिताका जीवन जिउँछन्।”
बीबीसीले उत्तर कोरियाली पूर्व कर्नेलको भनाइलाई स्वतन्त्र रुपमा पुष्टि गर्न भने नसकेको बताएको छ।
तर, आफूहरु उनको पहचानलाई प्रमाणित गर्न भने सफल भएको बताएको छ।
कर्नेलले मे २००९ मा उत्तर कोरियाका एक पूर्व अधिकारीलाई मार्नका लागि एक "टेरर टास्क फोर्स" बनाउनका लागि आदेश आएको थियो। उनी दक्षिक कोरिया गएका थिए।
कर्नेलले भने, "किम जोङ उनले आफ्नो बुवा र सर्वोच्च नेतालाई सन्तुष्ट बनाउनका लागि गरेका थिए। ह्वांग जङ् योप नामका यी अधिकारीको हत्याका लागि ''टेरर फोर्स' गठन गरेका थिए र मैले व्यक्तिगत रुपमा यो कामलाई पूर्ण गरें।''
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।