• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नयाँ पुस्ताको दशैं अर्थात् घुमघामको पर्व

64x64
युवराज भट्टराई बुधबार, असोज २७, २०७८  ०७:१२
1140x725

काठमाडौं– सगुन गौतमका लागि दशैं फेरिएको छ। बाल्यकालमा नयाँ कपडा दशैंको प्रमुख आकर्षण हुन्थ्यो। साथीभाइ मिलेर पिङ खेल्दा दशैंको रौनकले आकाश चुम्थ्यो। 

उमेरले युवाबयका सगुन यसपालिको दशैंलाई भनेर नयाँ पुस्तक किनेका छन्। वितगमा दशैंको बेला नयाँ कपडा नदेख्दासम्म उनलाई दशैं आएको आभास हुँदैन थियो। तर, अहिले त्यस्तो छैन। 

‘उमेर पनि हुर्किएको छ, अब दशैं नयाँ कपडा, मिठो खाने कुराका लागि मात्र रहेन,’ सगुन भन्छिन्, ‘यो दशैं नयाँ किताब पढेर बिताउने सोच छ।’

परम्परागत रुपमा दशैंलाई हर्ष उल्लासका साथ परिवार भेट हुने र रमाइलो गर्ने चाडको रुपमा मनाइँदै आएको थियो। तर, पछिल्लो समय दशैं केही फेरिएको छ। अहिले दशैंमा विजया दशमीमा मात्र टीका लगाउने र त्यसपछि घुम्ने चलन बढेको छ। कोही भने पुस्तक पढ्नमा व्यस्त हुन्छन्। 

यीनै मध्ये एक हुन, चितवनकी सरु कँडेल। उनी यो वर्ष दशैंको समय घुमेर बिताउने सोचमा छिन्। भन्छिन्, ‘पोहोर दशैंमा कोरोना कारण घुम्न जान पाइनँ। यो वर्ष चाहिँ अलि खुला भएको छ। त्यसैले घुम्न त जाने नै हो।’

कँडेलको लागि दशैं टीका लगाउने र मिठोमसिनो खानेमा मात्र सीमित छैन। गत वर्ष कोभिडका कारण उनको दशैंको घुमघाममा ‘ब्रेक’ लागेको थियो। उनी भन्छिन्, ‘परार साथीहरुसँग मुस्ताङ घुम्न गएकी थिएँ। पोहोर त कोभिडले कतै जान पाइएन, यतै चितवनमै बसियो। तर, यो वर्ष चाहिँ हामीले पोखरा र कुस्मा वरपरको क्षेत्र घुम्ने योजना बनाएका छौं।’

उनी दशैंको समयमा हुने लामो छुट्टीमा घुमघामसँगै नयाँ किताब पढ्नमा पनि व्यस्त हुन्छिन्। यो वर्ष उनले ‘पहेंलपुर’ र ‘पागल वस्ती’ खरिद गरेकी छिन्।

‘टीकाको दिन टीका लगाएर भोलिपल्टबाट घुम्न गइन्थ्यो,’ कँडेल भन्छिन्, ‘तर, यो वर्ष जुठो परेकाले टीका छैन्। त्यसैले घटस्थापनाबाटै घुम्न जाने सोच छ। टीकाको दिनसम्म घर फर्किएपछि दुईवटा पुस्तक पढेर दशैं बिताउने हो।’

Ncell 2
Ncell 2
nimb
nimb

थापाथली क्याम्पसमा इन्जिनियरिङ अध्ययनरत झापाका सुपल कडरिया आफ्ना कलेजका साथीहरुसँग भारतको मुम्बई घुम्न जाँदै छन्। आफ्नो पढाइको ‘असाइनमेन्ट’देखि ‘प्रोजेक्ट वर्क’बाट अरु बेला कहिल्यै फुर्सद नपाउने उनका लागि दशैंको समय उपयुक्त छ, आफूलाई इच्छा लागेको ठाउँ घुम्न। 

‘अरु बेला त चाहेर पनि जान पाइँदैन, कलेजको कामबाट फुर्सद नै हुँदैन्,’ उनी भन्छन्, ‘त्यसैले दशैंको समय मेरो लागि उपयुक्त छ। म यो दशैंमा मुम्बई जाँदै छु। यहाँबाट हामी फुलपातीको दिन जाने योजना छ।’

नेपालगञ्जका ज्ञानु संगम खड्का पश्चिम कर्णालीतिर घुम्न जाने सोचमा छन्। गत वर्ष नै बनेको उनको योजना कोभिडका कारण पूरा हुन सकेन। यो वर्ष भने साथीहरुसँग घुम्ने योजनामा छन्। भन्छन्, ‘पश्चिम कर्णाली घुम्ने, त्यहाँका परिकारहरु चाख्ने योजना छ। अलि चाँडै फर्किएमा यहीँ बाँकेकै गाभर होमस्टेमा बसेर लोकल परिकारमा रमाउने हो।’

विगत केही वर्ष यताको ‘ट्रेण्ड’ हेर्दा दशैंलाई टीका लगाउने चाडको रुपमा मात्रै मनाउने चलन ‘परिस्कृत’ देखिन्छ। धेरैभन्दा धेरै मानिस दशैंको समयलाई घुम्नदेखि नयाँ कुरा सिक्न, नयाँ पुस्तक पढ्नमा सदुपयोग गरिरहेका भेटिन्छन्। संस्कृतिविद् औम धौभडेल हिजोआजको दशैं पूजा गर्ने, मासु खाने, भोज गर्ने पर्वमा मात्रै सीमित नभएको बताउँछन्। युवापुस्तामा दशैंको प्रभाव बढिरहेपनि उनीहरु घर भित्रभन्दा घर बाहिर निस्किएर दशैं मनाउन बढी सक्रिय भएका छन्। 

Xtrem

Xtrem

‘हाम्रो परम्परागत दशैंले पनि घरभित्र बसिरहेको मानिसलाई यो समयमा बाहिर निस्किनुपर्छ भन्छ,’ धौभडेल भन्छन्, ‘दशैंको समयमा बाहिर निस्किने, शक्तिपीठमा गएर पूजाआजा गर्ने किसिमले दशैं मनाउनुपर्छ भन्ने हाम्रो परम्परागत मान्यता हो। विस्तारै त्यो मान्यता मानिसमा विकास भएको छ। नयाँ पुस्ता पर्यटकीय स्थलमा जाने गरेका छन्।’

लामो छुट्टीमा घुम्ने अवसर 
पछिल्ला केही वर्ष यता दशैं तिहारको समयमा घुम्ने जानेको लहर नै लाग्छ। केही विदेश त केही देशकै विभिन्न ठाउँमा घुम्न जाने चलन बढेको छ। मुख्य गरि युवाहरुले नयाँ–नयाँ ठाउँलाई  चिन्न दशैंकै समयलाई उपयुक्त ठान्ने गरेका छन्। 

काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा अध्ययनरत दोलखाका अशोक नेपाल यसको कारण लामो छुट्टी पाउनु भएको बताउँछन्। उनी यो वर्ष रारा घुम्न जाँदैछन्। यसरी दशैंको अवसरमा उनी घुम्न हिँडेको यो चौथो वर्ष हो।

‘म पहिलो वर्ष फोक्सण्डो गएँको थिएँ, त्यसपछि लगातार दुई वर्ष मुस्ताङ गएँ,’ नेपाल भन्छन्, ‘अघिल्लो वर्ष कोरोनाले टाढा जान नपाएपनि आफ्नै घर नजिकैको शैलुङमा क्याम्पिङ गरिएको थियो।  अरु बेला यसरी फ्री भएर हिँड्न पाइँदैन। दशैंमा न पढाईको चिन्ता न कामको।’

उनी ग्राफिक्स डिजाइनरको रुपमा एक विज्ञापन कम्पनीमा कार्यरत छन्। अरु बेला एक हप्ताको बिदा पाउन पनि उनका लागि हम्मेहम्मे पर्छ। तर, दशैंको बेला भने सहजै बिदा उपलब्ध हुन्छ। नेपाल भन्छन्, ‘मलाई लाग्छ दशैंको बेला मान्छ घुम्न निस्किनुको कारण बिदा नै प्रमुख कारण हो। हरेक पेशामा लागेका मान्छेले यो बेला छुट्टी पाउँछन्। घुम्न मन हुनेको लागि त यो उत्कृष्ट भइहाल्यो नि।’

संस्कृतिविद् धौभडेल व्यस्तताका बीच दशैंको समयमा लामो बिदा हुँदा मान्छले योजना बनाएर घुम्न निस्किने बताउँछन्। झन्, नयाँ पुस्तामा यो परम्पराले नयाँ रुप लिएको उनको बुझाइ छ। भन्छन्, ‘अहिले योजना बनाएर दशैं मनाउने चलन विकास भएको छ। नयाँ पुस्ताका युवाहरुमा बेग्लै परम्पराको विकास भएको छ। कहिल्यै नपुगेको ठाउँ पर्यटकीय स्थलमा उनीहरु दशैंको समयमा जान्छन्, किनकि यो बेला लामो छुट्टी हुन्छ।’

विगतमा मिठो मसिनो खानका लागि चाडबाड नै कुर्नुपर्ने बाध्यता थियो। तर, अहिले खानपान, भोजभतेर सामान्य जीवनशैलीकै अंश भइसकेको छ। दशैंलाई त्यत्तिमा मात्रै सम्झिन नहुने बताउँछन् धौभडेल। भन्छन्, ‘नेपालीले मिठो खाने, भोज गर्नेलाई मात्र दशैं सम्झिन मिल्दैन्। अरु बेला पनि यो भइरहेको हुनछ। दशैं वरपरको समय भनेको शरद् ऋतुको समय हो। ऋतुले पनि बाहिरी मौसमलाई घुम्न जान उपयुक्त बनाएको हुन्छ। लामो समय छुट्टी हुँदा पनि धेरैले घुम्ने समय पाएका छन्।’

बदलिँदै गएको दशैं
ललितपुरको सानागाउँमा हुर्किएकी दिपा दाहाल अहिले १४ वर्ष पुगिन्। उनको दशैं काठमाडौंमा नै बित्ने गरेको छ। तर, आफूले दशैंमा पढ्ने वा सुन्ने गरेको जस्तो आकाश नै ढाक्ने चंगा, पिङजस्ता कुराहरु प्रत्यक्ष देख्न पाएकी छैनन् उनले। भन्छिन्, ‘पहिले पहिले अलि अलि चंगा उडाएको देखिन्थ्यो। तर, अहिले त्यो पनि हराएको जस्तो लाग्छ। बुबाहरुले भन्ने गरेको पिङहरु त कहिल्यै देखेको छैन्।’

संस्कृतिविद् धौभडेल युवा पुस्ताले यो किसिमको दशैं देख्न नपाएको बताउँछन्। काठमाडौंमा चंगाले आकाश ढाक्ने कुरा  आजको पुस्ताको लागि कथाजस्तो भएको उनको बुझाइ छ। भन्छन्, ‘चंगा, पिङहरु उनीहरुले सुनेका मात्रै छन्। तर, देखेका छैनन्। नयाँ पुस्ताका युवालाई यी कुरा थाहा छैन्।’

धौभडेल परम्परागत दशैंलाई बिसर्न नहुने बताउँछन्। अग्रजले पुरानो चलनबारे ‘कथा’ सुनाउने मात्रै नभएर पुराना चालचलनलाई अहिलेका नयाँ पुस्तासामु प्रस्तुत गर्नुपर्ने उनी बताउँछन्। भन्छन्, ‘नयाँ पुस्तालाई परम्परागत दशैंको बारेमा धेरै कुरा थाहा छैन्। त्यसैले पनि उनीहरु दशैंलाई फरक किसिमले मनाउँछन्।’

दशैंमा नयाँ पुस्ताले अपनाइरहेको संस्कृतिलाई बाहिरी संस्कृतिको अतिक्रमणको रुपमा बुझ्नुपर्ने बताउँछन् धौभडेल। पश्चिमा मुलुकहरुमा जस्तै कुनै चाड वा लामो छुट्टीको समयमा घुम्ने संस्कृति नेपालमा पनि विकास भएको उनी बताउँछन्।

‘पश्चिमा संस्कृतिकै प्रभावले नेपालमा पनि दशैंको बेला घुम्ने परम्पराको विकास भइरहेको छ। युवायुवती घुम्न जाँदा गाउँघरमा बुढाबुढी र बालबािलका मात्रै हुन्छन्,’ धौभडेल भन्छन्, ‘झन्, प्रविधिका कारण अहिले बच्चाहरुमा पनि दशैंको समयमा पहिलेको जस्तै उत्साह र उमंग हुँदैन्। उनीहरु मोबाइल र इन्टरनेटमै रमाइरहेका छन्।’

नयाँ पुस्तालाई चाडपर्वमा रमाउनभन्दा पनि प्रविधिको आडमा रमाउने संस्कृतिको विकास भइरहेको बताउँछन् उनी। दशैंमा टीका थाप्ने, आशीर्वाद लिने चलनमा रुची कम भइरहेको उनको बुझाइ छ। भन्छन्, ‘यस्तो हुनुमा हाम्रै कमजोरी छ। हाम्रा संस्कृति र परम्पराको विश्लेषणात्मक अनुसन्धान भएका छैनन्। नयाँ पुस्ताका युवाुवतीलाई भनेकै आधारमा मात्रै यी परम्परा हस्तान्तरण गर्न सकिँदैन्।’

‘अहिले मासु खाने, भोज गर्ने कुरा सामान्य भइसके,’ धौभडेल थप्छन्, ‘तर, यी कुराहरु हाम्रो संस्कृतिसँग जोडिएको छ। हिजो आजको जस्तो सहज अवस्था थिएन। शरीरलाई चाहिने पोषण लिनलाई ऋतुअनुसार हाम्रा पुर्खाले खानपानको चलन बसाएको बारे नयाँ पुस्ता अनविज्ञ छ। यी सबै कुरा विस्तृत रुपमा युवापुस्तालाई बुझाउन आवश्यक छ।’

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  ०७:१२
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्