• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नयाँ पुस्ताको दशैं अर्थात् घुमघामको पर्व

64x64
युवराज भट्टराई बुधबार, असोज २७, २०७८  ०७:१२
1140x725

काठमाडौं– सगुन गौतमका लागि दशैं फेरिएको छ। बाल्यकालमा नयाँ कपडा दशैंको प्रमुख आकर्षण हुन्थ्यो। साथीभाइ मिलेर पिङ खेल्दा दशैंको रौनकले आकाश चुम्थ्यो। 

उमेरले युवाबयका सगुन यसपालिको दशैंलाई भनेर नयाँ पुस्तक किनेका छन्। वितगमा दशैंको बेला नयाँ कपडा नदेख्दासम्म उनलाई दशैं आएको आभास हुँदैन थियो। तर, अहिले त्यस्तो छैन। 

‘उमेर पनि हुर्किएको छ, अब दशैं नयाँ कपडा, मिठो खाने कुराका लागि मात्र रहेन,’ सगुन भन्छिन्, ‘यो दशैं नयाँ किताब पढेर बिताउने सोच छ।’

परम्परागत रुपमा दशैंलाई हर्ष उल्लासका साथ परिवार भेट हुने र रमाइलो गर्ने चाडको रुपमा मनाइँदै आएको थियो। तर, पछिल्लो समय दशैं केही फेरिएको छ। अहिले दशैंमा विजया दशमीमा मात्र टीका लगाउने र त्यसपछि घुम्ने चलन बढेको छ। कोही भने पुस्तक पढ्नमा व्यस्त हुन्छन्। 

यीनै मध्ये एक हुन, चितवनकी सरु कँडेल। उनी यो वर्ष दशैंको समय घुमेर बिताउने सोचमा छिन्। भन्छिन्, ‘पोहोर दशैंमा कोरोना कारण घुम्न जान पाइनँ। यो वर्ष चाहिँ अलि खुला भएको छ। त्यसैले घुम्न त जाने नै हो।’

कँडेलको लागि दशैं टीका लगाउने र मिठोमसिनो खानेमा मात्र सीमित छैन। गत वर्ष कोभिडका कारण उनको दशैंको घुमघाममा ‘ब्रेक’ लागेको थियो। उनी भन्छिन्, ‘परार साथीहरुसँग मुस्ताङ घुम्न गएकी थिएँ। पोहोर त कोभिडले कतै जान पाइएन, यतै चितवनमै बसियो। तर, यो वर्ष चाहिँ हामीले पोखरा र कुस्मा वरपरको क्षेत्र घुम्ने योजना बनाएका छौं।’

उनी दशैंको समयमा हुने लामो छुट्टीमा घुमघामसँगै नयाँ किताब पढ्नमा पनि व्यस्त हुन्छिन्। यो वर्ष उनले ‘पहेंलपुर’ र ‘पागल वस्ती’ खरिद गरेकी छिन्।

‘टीकाको दिन टीका लगाएर भोलिपल्टबाट घुम्न गइन्थ्यो,’ कँडेल भन्छिन्, ‘तर, यो वर्ष जुठो परेकाले टीका छैन्। त्यसैले घटस्थापनाबाटै घुम्न जाने सोच छ। टीकाको दिनसम्म घर फर्किएपछि दुईवटा पुस्तक पढेर दशैं बिताउने हो।’

Ncell 2
Ncell 2

थापाथली क्याम्पसमा इन्जिनियरिङ अध्ययनरत झापाका सुपल कडरिया आफ्ना कलेजका साथीहरुसँग भारतको मुम्बई घुम्न जाँदै छन्। आफ्नो पढाइको ‘असाइनमेन्ट’देखि ‘प्रोजेक्ट वर्क’बाट अरु बेला कहिल्यै फुर्सद नपाउने उनका लागि दशैंको समय उपयुक्त छ, आफूलाई इच्छा लागेको ठाउँ घुम्न। 

‘अरु बेला त चाहेर पनि जान पाइँदैन, कलेजको कामबाट फुर्सद नै हुँदैन्,’ उनी भन्छन्, ‘त्यसैले दशैंको समय मेरो लागि उपयुक्त छ। म यो दशैंमा मुम्बई जाँदै छु। यहाँबाट हामी फुलपातीको दिन जाने योजना छ।’

नेपालगञ्जका ज्ञानु संगम खड्का पश्चिम कर्णालीतिर घुम्न जाने सोचमा छन्। गत वर्ष नै बनेको उनको योजना कोभिडका कारण पूरा हुन सकेन। यो वर्ष भने साथीहरुसँग घुम्ने योजनामा छन्। भन्छन्, ‘पश्चिम कर्णाली घुम्ने, त्यहाँका परिकारहरु चाख्ने योजना छ। अलि चाँडै फर्किएमा यहीँ बाँकेकै गाभर होमस्टेमा बसेर लोकल परिकारमा रमाउने हो।’

विगत केही वर्ष यताको ‘ट्रेण्ड’ हेर्दा दशैंलाई टीका लगाउने चाडको रुपमा मात्रै मनाउने चलन ‘परिस्कृत’ देखिन्छ। धेरैभन्दा धेरै मानिस दशैंको समयलाई घुम्नदेखि नयाँ कुरा सिक्न, नयाँ पुस्तक पढ्नमा सदुपयोग गरिरहेका भेटिन्छन्। संस्कृतिविद् औम धौभडेल हिजोआजको दशैं पूजा गर्ने, मासु खाने, भोज गर्ने पर्वमा मात्रै सीमित नभएको बताउँछन्। युवापुस्तामा दशैंको प्रभाव बढिरहेपनि उनीहरु घर भित्रभन्दा घर बाहिर निस्किएर दशैं मनाउन बढी सक्रिय भएका छन्। 

‘हाम्रो परम्परागत दशैंले पनि घरभित्र बसिरहेको मानिसलाई यो समयमा बाहिर निस्किनुपर्छ भन्छ,’ धौभडेल भन्छन्, ‘दशैंको समयमा बाहिर निस्किने, शक्तिपीठमा गएर पूजाआजा गर्ने किसिमले दशैं मनाउनुपर्छ भन्ने हाम्रो परम्परागत मान्यता हो। विस्तारै त्यो मान्यता मानिसमा विकास भएको छ। नयाँ पुस्ता पर्यटकीय स्थलमा जाने गरेका छन्।’

लामो छुट्टीमा घुम्ने अवसर 
पछिल्ला केही वर्ष यता दशैं तिहारको समयमा घुम्ने जानेको लहर नै लाग्छ। केही विदेश त केही देशकै विभिन्न ठाउँमा घुम्न जाने चलन बढेको छ। मुख्य गरि युवाहरुले नयाँ–नयाँ ठाउँलाई  चिन्न दशैंकै समयलाई उपयुक्त ठान्ने गरेका छन्। 

काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा अध्ययनरत दोलखाका अशोक नेपाल यसको कारण लामो छुट्टी पाउनु भएको बताउँछन्। उनी यो वर्ष रारा घुम्न जाँदैछन्। यसरी दशैंको अवसरमा उनी घुम्न हिँडेको यो चौथो वर्ष हो।

‘म पहिलो वर्ष फोक्सण्डो गएँको थिएँ, त्यसपछि लगातार दुई वर्ष मुस्ताङ गएँ,’ नेपाल भन्छन्, ‘अघिल्लो वर्ष कोरोनाले टाढा जान नपाएपनि आफ्नै घर नजिकैको शैलुङमा क्याम्पिङ गरिएको थियो।  अरु बेला यसरी फ्री भएर हिँड्न पाइँदैन। दशैंमा न पढाईको चिन्ता न कामको।’

उनी ग्राफिक्स डिजाइनरको रुपमा एक विज्ञापन कम्पनीमा कार्यरत छन्। अरु बेला एक हप्ताको बिदा पाउन पनि उनका लागि हम्मेहम्मे पर्छ। तर, दशैंको बेला भने सहजै बिदा उपलब्ध हुन्छ। नेपाल भन्छन्, ‘मलाई लाग्छ दशैंको बेला मान्छ घुम्न निस्किनुको कारण बिदा नै प्रमुख कारण हो। हरेक पेशामा लागेका मान्छेले यो बेला छुट्टी पाउँछन्। घुम्न मन हुनेको लागि त यो उत्कृष्ट भइहाल्यो नि।’

संस्कृतिविद् धौभडेल व्यस्तताका बीच दशैंको समयमा लामो बिदा हुँदा मान्छले योजना बनाएर घुम्न निस्किने बताउँछन्। झन्, नयाँ पुस्तामा यो परम्पराले नयाँ रुप लिएको उनको बुझाइ छ। भन्छन्, ‘अहिले योजना बनाएर दशैं मनाउने चलन विकास भएको छ। नयाँ पुस्ताका युवाहरुमा बेग्लै परम्पराको विकास भएको छ। कहिल्यै नपुगेको ठाउँ पर्यटकीय स्थलमा उनीहरु दशैंको समयमा जान्छन्, किनकि यो बेला लामो छुट्टी हुन्छ।’

विगतमा मिठो मसिनो खानका लागि चाडबाड नै कुर्नुपर्ने बाध्यता थियो। तर, अहिले खानपान, भोजभतेर सामान्य जीवनशैलीकै अंश भइसकेको छ। दशैंलाई त्यत्तिमा मात्रै सम्झिन नहुने बताउँछन् धौभडेल। भन्छन्, ‘नेपालीले मिठो खाने, भोज गर्नेलाई मात्र दशैं सम्झिन मिल्दैन्। अरु बेला पनि यो भइरहेको हुनछ। दशैं वरपरको समय भनेको शरद् ऋतुको समय हो। ऋतुले पनि बाहिरी मौसमलाई घुम्न जान उपयुक्त बनाएको हुन्छ। लामो समय छुट्टी हुँदा पनि धेरैले घुम्ने समय पाएका छन्।’

बदलिँदै गएको दशैं
ललितपुरको सानागाउँमा हुर्किएकी दिपा दाहाल अहिले १४ वर्ष पुगिन्। उनको दशैं काठमाडौंमा नै बित्ने गरेको छ। तर, आफूले दशैंमा पढ्ने वा सुन्ने गरेको जस्तो आकाश नै ढाक्ने चंगा, पिङजस्ता कुराहरु प्रत्यक्ष देख्न पाएकी छैनन् उनले। भन्छिन्, ‘पहिले पहिले अलि अलि चंगा उडाएको देखिन्थ्यो। तर, अहिले त्यो पनि हराएको जस्तो लाग्छ। बुबाहरुले भन्ने गरेको पिङहरु त कहिल्यै देखेको छैन्।’

संस्कृतिविद् धौभडेल युवा पुस्ताले यो किसिमको दशैं देख्न नपाएको बताउँछन्। काठमाडौंमा चंगाले आकाश ढाक्ने कुरा  आजको पुस्ताको लागि कथाजस्तो भएको उनको बुझाइ छ। भन्छन्, ‘चंगा, पिङहरु उनीहरुले सुनेका मात्रै छन्। तर, देखेका छैनन्। नयाँ पुस्ताका युवालाई यी कुरा थाहा छैन्।’

धौभडेल परम्परागत दशैंलाई बिसर्न नहुने बताउँछन्। अग्रजले पुरानो चलनबारे ‘कथा’ सुनाउने मात्रै नभएर पुराना चालचलनलाई अहिलेका नयाँ पुस्तासामु प्रस्तुत गर्नुपर्ने उनी बताउँछन्। भन्छन्, ‘नयाँ पुस्तालाई परम्परागत दशैंको बारेमा धेरै कुरा थाहा छैन्। त्यसैले पनि उनीहरु दशैंलाई फरक किसिमले मनाउँछन्।’

दशैंमा नयाँ पुस्ताले अपनाइरहेको संस्कृतिलाई बाहिरी संस्कृतिको अतिक्रमणको रुपमा बुझ्नुपर्ने बताउँछन् धौभडेल। पश्चिमा मुलुकहरुमा जस्तै कुनै चाड वा लामो छुट्टीको समयमा घुम्ने संस्कृति नेपालमा पनि विकास भएको उनी बताउँछन्।

‘पश्चिमा संस्कृतिकै प्रभावले नेपालमा पनि दशैंको बेला घुम्ने परम्पराको विकास भइरहेको छ। युवायुवती घुम्न जाँदा गाउँघरमा बुढाबुढी र बालबािलका मात्रै हुन्छन्,’ धौभडेल भन्छन्, ‘झन्, प्रविधिका कारण अहिले बच्चाहरुमा पनि दशैंको समयमा पहिलेको जस्तै उत्साह र उमंग हुँदैन्। उनीहरु मोबाइल र इन्टरनेटमै रमाइरहेका छन्।’

नयाँ पुस्तालाई चाडपर्वमा रमाउनभन्दा पनि प्रविधिको आडमा रमाउने संस्कृतिको विकास भइरहेको बताउँछन् उनी। दशैंमा टीका थाप्ने, आशीर्वाद लिने चलनमा रुची कम भइरहेको उनको बुझाइ छ। भन्छन्, ‘यस्तो हुनुमा हाम्रै कमजोरी छ। हाम्रा संस्कृति र परम्पराको विश्लेषणात्मक अनुसन्धान भएका छैनन्। नयाँ पुस्ताका युवाुवतीलाई भनेकै आधारमा मात्रै यी परम्परा हस्तान्तरण गर्न सकिँदैन्।’

‘अहिले मासु खाने, भोज गर्ने कुरा सामान्य भइसके,’ धौभडेल थप्छन्, ‘तर, यी कुराहरु हाम्रो संस्कृतिसँग जोडिएको छ। हिजो आजको जस्तो सहज अवस्था थिएन। शरीरलाई चाहिने पोषण लिनलाई ऋतुअनुसार हाम्रा पुर्खाले खानपानको चलन बसाएको बारे नयाँ पुस्ता अनविज्ञ छ। यी सबै कुरा विस्तृत रुपमा युवापुस्तालाई बुझाउन आवश्यक छ।’

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  ०७:१२
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्