काठमाडौं- दुबई प्रहरीले ५०० किलो कोकिन बरामद गरेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार एउटा कार्गो जहाजमा छापा मार्दा प्रहरीले उक्त कोकिन बरामद गरेको हो।
दुबई पुलिसलाई उद्धृत गर्दै प्रकाशित समाचारमा बरामद गरिएको कोकिनको मूल्य दुबइको बजारमा ५० दिरहमभन्दा बढी छ।
छापाको क्रममा प्रहरीले मध्यपूर्वका एक व्यक्तिलाई पक्राउ गरेको दाबी गरेको छ। खलिज टाइम्सका अनुसार प्रहरीले यस क्षेत्रमा अहिलेसम्म ठूलो मात्रामा लागूऔषध बरामद गर्न सकेको छैन।
लागूऔषध नियन्त्रण विभागका निर्देशक ब्रिगेडियर ईद मोहम्मद थानी हारेबले भने,‘कोकिन तस्करीको बारेमा जानकारी प्राप्त भएपछि संदिग्धको निरन्तर अनुगमन गरिएको थियो।’
उनका अनुसार अभियुक्तले आफ्नो अपराध स्वीकार गरेका छन्। यसबारे थप छानबिन भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।