काठमाडौं- रुसको ततारस्तान क्षेत्रमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।
स्पुत्नीक समाचार समितिका अनुसार आइतबार एल–४१० विमान दुर्घटना भएको हो।
दुर्घटनामा परी अन्य सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको समाचारमा उल्लेख छ।
यता, आपत्तकालीन सेवाका अनुसार मृतक १६ मध्ये दुई जना पाइलट हुन्। प्रत्यक्षदर्शीका अनुसार जहाज उड्नेबित्तिकै भूइँमा खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।