• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

विद्यालय एक प्रेम शिविर

हरिहर तिमिल्सिना शनिबार, असोज २३, २०७८  ११:२१
1140x725

‘कखरा’ लेखनको सुरुवात २०७३ वैशाखबाट नै भएको हो। त्यसकारण यो एउटा लामै लेखन प्रक्रियाबाट जन्मियो।

म कविता र गीत लेखिटोपल्दै आएको मान्छे। आक्कलझुक्कल आकस्मिक आलेख लेख्ने आदत पनि बस्यो। तर, उपन्यासको लामो लेखन–यात्रामा पसेको थिइनँ। मेरो आफ्नो पेसाबाट भोगेको अनुभूति र पाएको अनुभवले नै उपन्यास लेखनमा लाग्ने प्रेरणा दियो।

शिक्षण मेरो भात खाने मेलो थियो। मेरो पेसाप्रति मलाई सम्मान थियो, तर सन्तुष्टि थिएन। नेपाली शिक्षा प्रणालीमा केही गडबडी छ भन्ने लाग्थ्यो। कहाँ र कसरी गडबडी छ भन्ने मेसो थिएन।

हरिहर तिमिल्सिना

सन् २०१३ (२०६९साल) मा मैले बेलायतका केही स्कुल कलेज भ्रमण गर्ने मौका पाएँ। उनीहरूको शैक्षिक उन्नयन देखेर इर्श्या मात्रै लागेन कि मनमा ‘बौलाहीँ’ चल्यो। लघुताभासले पनि नराम्ररी घोच्यो। नेपाल सम्झेर एक किसिमको औडाहा भयो।

कुनै पनि मुलुकको उन्नतिको प्रमुख आधार शिक्षा नै रहेछ। जीवनका पाँच खम्बा खाना, नाना, छाना, शिक्षा र स्वास्थ्य रहेछन्। विकसित देशमा यी सबै कुराको जिम्मा राज्यले लिने रहेछ। शिक्षा बलियो नभई बाँकी अरु चार कुरा पनि बलिया नहुने रहेछन्। पश्चिमाहरू बलियो देखिनुका पछाडि उनीहरूको शैक्षिक व्यवस्थापन बलियो भएर हो।

एउटा कुरा ढुङ्गामा कुँदेर राखे हुन्छ, जुन देशमा शिक्षण पेसाको इज्जत हुन्न, त्यस देशको शैक्षिक अवस्था हरितन्नम हुन्छ। हाम्रोमा भएको त्यही हो। शिक्षण रोजाइको पेसा हुन सकेन। जस्ता मान्छे पनि छिरे। हाम्रो शिक्षा प्रणालीलाई लामो समयसम्म दिमाग र ज्ञानले होइन कि यातना, छडी र त्रासले चलायो। त्यसको अवशेष अझै पनि यत्रतत्र छरिएका छन्।

म एसएलसी पास भएदेखि नै शिक्षण पेसामा लागेको हुँ। यसै सन्दर्भमा धेरै शिक्षक, अभिभाक र विद्यार्थीसित बसउठ गर्ने मौका पाएको छु। आफ्नो विगतलाई फर्केर हेर्दा म आफैं पनि योग्य शिक्षक हुँ भन्ने मलाई लाग्दैन। अभिभावक र शिक्षकबाट प्रताडना पाएका असंख्य विद्यार्थी भेटेको छु। कहिलेकाहीं म आफैं पनि त्यो कुकर्ममा सामेल भएको रहेछु। खासमा त्यस्तै विद्यार्थीको सम्झनाले यो किताब जन्मिएको हो। मैले पनि जानेर नजानेर धेरै विद्यार्थीको भविष्य बिगारेको छु कि भन्ने डर लाग्छ। मलाई  घरिघरि  आफैंमाथि पनि शंका लाग्छ।

नेपालमा ‘शिक्षक’ मासिक पत्रिका प्रकाशित हुन थालेपछि यसले शिक्षकलाई धेरै कुरामा  अग्रसर गराउन थाल्यो। बेला बेलामा म पनि आफ्ना केही रचना यसमा पठाउन थालें। एकचोटि यसले ‘नेपालका विद्यालयमा स्कुलिङ कि एजुकेशन हावी छ’ भन्ने बहस चलायो। यसमा मैले पनि सहभागिता जनाएँ। मेरो विचार छापिएपछि सोच्दै नसोचेको प्रतिक्रिया पाएँ। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७२ सालमा अन्नपूर्ण पोस्टको ‘फुर्सद’मा ‘अनुत्तीर्ण सरस्वती’ शीर्षकको लेख छापियो। नेपाली शिक्षा प्रणालीलाई केन्द्रमा राखेर लेखिएका यी दुई लेखले मलाई थुप्रै ऊर्जा मिल्यो। शिक्षा क्षेत्रकै एउटा गतिलो किताब लेख्ने रहर त्यति बेलै सल्बलायो। लगत्तै सिकाइ समूहका प्रबन्ध सम्पादक सुदर्शन घिमिरेले एउटा ‘शैक्षिक आख्यान’ लेख्ने प्रस्ताव गर्नु भयो। मैले पनि यस्तै नै सोचेको थिएँ। यसरी ‘कखरा’ उपन्यासको जग सुरु भयो।

तालिम, सेमिनार, गोष्ठीमा मिलेसम्म सहभागी हुने बानी भएकाले मुलुकभित्र र बाहिरका धेरै स्कुलमा पुग्ने अवसर मिल्यो। ‘कखरा’ यस्तै क्रममा भेटिएको हो। यसो भनौं– कखराको कथा हाम्रै वरिपरि व्यप्त थियो। ‘कखरा’ शिक्षाका नाममा हुने दुव्र्यवहारले लखेटेका किशोर किशोरीको कथा हो। यस उपन्यासका  प्रमुख पात्र मोनी र सफल अहिले पनि प्रायः सबै विद्यालयमा भेटिन्छन् भन्ने मेरो दाबी हो।

यस उपन्यासले हाम्रा विद्यालयलाई ‘प्रोग्रेसिभ स्कुल’ मा बदल्ने अपेक्षा राख्छ। सहज र सुलभ शिक्षाको माग गर्छ। शिक्षा व्यापार मात्रै होइन सेवा हो भन्ने पक्षको वकालत गर्छ।

यसका मूल पात्र किशोर किशोरी छन्। तिनले शिक्षाका नाममा यस युगले भोगेका दुर्दान्त  कथा भन्छन्। केही प्रौढ पात्र पनि छन्। प्रेम सर निस्वार्थ शिक्षासेवी हुन् भने कमरेड बाबु स्वार्थ र लिप्साको कुरूप अनुहार हो। माओवादी आन्दोलनलाई भ्रस्टीकरण र कमजोर बनाउन कमरेड बाबु जस्ता पात्रको ठूलो हात छ। परिवर्तनकर्मी, इमान्दार र स्वप्नदर्शी योद्दाहरूको रगत र पसिनालाई कमरेड बाबु प्रवृत्तिले दुर्गन्धित बनाएको छ। ऊ हाम्रो समाजको ‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ उखानलाई चरितार्थ गर्ने चरम अवसरवादी पात्र हो। जसले नेपाली समाजको एउटा सदाबहार तप्काको प्रतिनिधित्व गर्छ।

पानीमा अक्सिजन स्वत भएजस्तै जीवनमा राजनीति हुन्छ। सबै नीतिहरूको मूल नीति नै राजनीति हो। कुनै पनि समाजको केन्द्रविन्दु नै राजनीति हो। जति नै निरपेक्ष रहन खोजे पनि मानिसलाई राजनीतिले पछ्याउन छोड्दैन। यस उपन्यासमा पनि राजनीतिका केही झिल्का आएका छन्। बरु यसमा सामाजिक जीवनको राजनीति मात्रै आएको छ। शैक्षिक क्षेत्रको राजनीति अझै आएको छैन। यसमा अतिरन्जित राजनीति छैन, प्रमाणिक छ।

कुनै पनि समाजको केन्द्रविन्दु नै राजनीति हो। जति नै निरपेक्ष रहन खोजे पनि मानिसलाई राजनीतिले पछ्याउन छोड्दैन। यस उपन्यासमा पनि राजनीतिका केही झिल्का आएका छन्।

हाम्रो सामाजिक मानसिकता ‘बाइसाइक्लिङ पोलिसी’मा आधारित छ। अर्थात्, हामी माथितिर झुक्छौं, तलकालाई दबाउछौँ। गल्ती जति सानालाई थोपर्छौँ। आजका शिक्षालयमा पनि यो रोग व्यप्त छ। यसरी पेलिएका, थिचिएका र दबाइएका धेरै शिक्षार्थीलाई मैले नजिकबाट हेर्ने मौका पाएको छु। ‘उनीहरूको ठाउँमा म भएको भए के हुन्थ्यो?’ पटक–पटक आफूलाई यो प्रश्न गरेको छु। त्यसैले मैले स्कुल र शिक्षकलाई  विद्यार्थीका आँखाले हेर्ने कोसिस गरेको छु। यो कोसिसमा म कति उत्रें, त्यो त विज्ञ पाठकको अदालतले फैसला गर्ने नै छ। 

हाम्रो समाजका धेरै अभिभावक अझै पनि ‘यसलाई ठोकेर तह लगाई दिनु पर्‍यो, हामीलाई बाले यति कुट्थे, गुरुले यसरी हान्थे’ भन्ने मार्काका कुरा गर्छन्। शिक्षक पनि ‘मैले फलाना विद्यार्थीलाई यति चड्कन लगाएपछि सप्रियो’ भनेर गर्व गर्ने खालका छन्। यसरी हेर्दा अझै पनि केही स्कुल यातना शिविर जस्ता छन् भन्ने प्रष्ट हुन्छ। हातपात नगरे पनि अनेक किसिमको मानसिक दबाब दिन्छन्। त्यो पनि यातना हो।

अबका विद्यालय ‘प्रेम शिविर’ बन्नु जरुरी छ। उपन्यासमा मैले त्यो प्रेम शिविर कस्तो हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छु। मलाई वास्तवमै पनि यस्तो अभ्यास असम्भव हुन्छ भन्ने लाग्दैन। नेपालमा केही त्यस्ता स्कुलमा अभ्यास सुरु भैसकेको छ। हामी आफैं पनि अहिले त्यस्तै अभ्यासमा छौँ।

अभिभावक र शिक्षकले बालबालिकामाथि गर्ने दुर्व्यवहार रातारात बदल्न सकिन्न। यसका लागि समय लाग्छ। नेपाली समाज पनि बिस्तारै बुझ्दैछ। हाम्रो देशमा शिक्षाको औपचारिक यात्रा सुरु भएको सात दशक न भयो। पोस्टर बनाएर, डकुमेन्ट्री बनाएर, लेखेर, बोलेर, अवसर दिएर, तालिम दिएर शिक्षक र अभिभावकलाई बदल्न सकिन्छ। अहिले पनि हामी शिक्षकको कुटाइले  विद्यार्थीको कानको जाली फुटेको, आँखामा चोट लागेको, हात र ढाडमा सुम्ला बसेको, अस्पताल भर्ना भएको शैलीका समाचार सुन्न र पढ्न अभिशप्त छौं। मैले पुस्तकमा उल्लेख गरेका सजाय काल्पनिक हुँदै होइनन्। यस उपन्यासले डर, त्रास र सजायरहित विद्यालयको परिकल्पना गरेको छ।

बालबालिका चन्चल हुन्छन्, जिज्ञासु हुन्छन् र निक्कै संवेदनशील पनि हुन्छन्। तिनले देखाउने व्यवहार पारिवारिक वातावरण, सामाजिक अवस्था, शारीरिक अवस्था र संचारमाध्यमको प्रभावमा आधारित हुन्छ। त्यसैले तिनको स्वभाव फरक फरक हुन सक्छ।

उसै पनि प्रत्येक मानिस आफैंमा फरक हुन्छ। व्यक्तिको फरकपन र फरक क्षमतालाई स्वीकार नगर्नु नै आजका विद्यालय र शिक्षकको समस्या हो। शिक्षकले सबै मानिसलाई उस्तै बनाउन खोजेर हुँदैन। एउटा मानिस सबै क्षेत्र र विषयमा कसरी पोख्त हुन सक्छ? स्कुलमा शिक्षकले विद्यार्थीबाट यस्तै अपेक्षा राख्छ। 

कुनै विद्यार्थी कुनै विषयमा फेल हुन्छ भने त्यो स्वाभाविक हो। उसलाई सम्झाएर, बुझाएर, फकाएर पास हुने बनाउन सकिएला। तर यहाँ त सबैलाई ‘पोजिसन’ चाहिन्छ। मेरो सन्तान पहिला नै हुनुपर्छ भन्ने धङ्धङी अभिभावकमा हुन्छ। अभिभावकले स्कुललाई दवाब दिन्छ, स्कुलले शिक्षकलाई दवाब दिन्छ अनि शिक्षकले विद्यार्थीलाई दवाब दिन्छ। शिक्षकले खुसी भएर, मायाले, प्रेमले, विद्यार्थीको कुरा सुनेर पढायो भने धेरै समस्याको हल हुन्छ। तर, शिक्षक खुसी हुने वातावरण चाहिं नेतृत्व वर्गले  सिर्जना गरिदिनु पर्छ। उपन्यासले यस्तै पक्षको उठान पनि गर्छ।

हाम्रो देशका हरेक क्षेत्र लथालिङ्ग छन्। शिक्षा क्षेत्र पनि अपवाद छैन। यति हुँदाहुँदै पनि शिक्षकले साँच्चै चाहने हो भने सुधार आउन सक्छ। शिक्षक असल भयो भने सिङ्गो संसार नै बदलिन्छ। पाठ्यपुस्तक केन्द्रीत सिकाइलाई फराकिलो बनाएर स्वतन्त्र पठन संस्कृतिलाई प्रोत्साहन गर्दा हाम्रो शिक्षा र साहित्य दुवैलाई बल पुग्छ।

उपन्यासलाई कसरी टुंग्याउने यो निक्कै महत्वपूर्ण सवाल हो। सिनेमा, नाटक र उपन्यासको चरमसीमा र त्यसपछिको अवतरण सशक्त हुनुपर्छ। यति थाहा हुँदाहुँदै पनि कहिलेकाहीं आफूले सोचेजस्तो अन्त्य नहुन सक्छ। यस उपन्यासको अन्त्य सकारात्मक छ।  यो  मुलुक र समाजमा दुख गर्नेको सधैं हार भएको छ। सही अठोट लिएर अघि बढ्यो भने एकदिन गन्तव्य पुगिन्छ भनेर सकारात्मकता देखाउन खोजिएको हो। 

यतै निराशा उतै निराशा। उसै पनि यो  समाज निराशा र कुण्ठाको बर्को ओढेर सुस्ताइरहेको छ। अब आउने पुस्तालाई पनि किन निराशाको बर्को ओढाउनु भन्ने प्रश्न आफैंभित्र उब्जियो। दुख गर्ने मानिस नै सुखको असली हकदार हो भन्ने सुझाउन पनि सकारात्मक अवतरण गरिएको हो।

परीक्षा एउटा मूल्याङ्कन प्रणाली हो। परीक्षाले मान्छेको भित्री क्षमताको मापन गर्न सक्दैन। पढाएपछि मूल्याङ्कन हुनुपर्छ। तर, हाम्रो प्रणालीमा सुधार हुनु जरुरी छ। परीक्षाले केटाकेटीमा एक किसिमको आतंक नै पैदा गरेको छ। परीक्षालाई सहज र स्वाभाविक बनाउन सकिन्छ। त्यसका लागि निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन सकिन्छ। साना कक्षामा भने परीक्षा नलिए पनि हुन्छ।

अब फेरि उपन्यास लेखनकै सन्दर्भमा फर्काउँछु।

कखरा लेख्न यति लामो समय लाग्ला भन्ने सोचेको थिइनँ। २०७६ सालभित्र बजारमा ल्याउने योजना थियो। बीचमा कोभिड आयो। किसानले लगाएको बालीमा असिना परे जस्तो हुन लागेको थियो। तर, त्यो संकट टरेको छ।

आफ्नो कृति जन्मिँदा कसलाई खुशी लाग्दैन र? आमाले नवजात शिशुलाई स्पर्श गरेजस्तै हातमा परेको पहिलो प्रतिलाई सुम्सुम्याउँदै छातीमा टाँसे। त्यतिखेरको खुशीलाई म शब्दमा बयान गर्न सक्दिनँ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्