• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिपक्षी दललाई मनाउने देउवाको प्रयास, एमाले अडानमा कायमै

64x64
बीपी अनमोल मंगलबार, असोज १२, २०७८  १९:२९
1140x725

काठमाडौं- भदौ २ गते प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल आक्रोशित छ। अध्यादेश आएसँगै नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भइसकेको छ। त्यसको विरोधमा एमालेले निरन्तर संसद्‍ अवरुद्ध गर्दै आइरहेको छ। 

एमालेलाई विभाजन गर्नका लागि नै अध्यादेश ल्याइएको भन्दै क्रुद्ध बनेको प्रमुख प्रतिपक्षी दललाई सहमतिमा ल्याउन सरकार प्रमुखको हैसियतले देउवाले निरन्तर प्रयास गरिरहेका छन्। तर, त्यो सम्भव हुन सकेको छैन।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असन्तुष्ट प्रमुख प्रतिपक्षी दललाई मनाउनका लागि देउवाको प्रतिनिधि भएर निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिरहेका छन्।

तर, एमाले भने टसमस हुने स्थिति देखिएको छैन। सोमबार अध्यादेश खारेज गरेपछि एमाले झनै सरकारसँग चिढिएको छ। मंगलबार देउवाको सन्देश लिएर बालकोट पुगेका कानुनमन्त्री कार्कीले ओलीसँग भेटवार्ता गरेका छन्। भेटमा उनले सम्बन्ध सुधार गरेर अघि बढ्न प्रधानमन्त्रीको सन्देश रहेको बताए पनि ओलीले भने उल्टै देउवालाई सन्देश पठाएर असन्तुष्टि जनाएका छन्। ‘संसद् चल्न सकेको छैन। सरकार र प्रतिपक्षी दल मिल्नुपर्छ,’ देउवाको सन्देश सुनाउँदै कार्कीले भनेका थिए। संसद्‍मा देखिएको गतिरोध अन्त्यका लागि देउवाले सन्देशमार्फत् आग्रह गरेका हुन्।

भेटवार्तामा कानुनमन्त्रीमार्फत् प्रधानमन्त्रीलाई सन्देश पठाउँदै एमाले अध्यक्ष ओलीले संसद् चालु रहेका बेला राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नु असंवैधानिक र षड्‍यन्त्रपूर्ण रहेको बताएका छन्। ‘चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर भदौ २ गते बिहानै अध्यादेश ल्याउने काम नै प्रमुख प्रतिपक्षी दलविरुद्धको षड्‍यन्त्र र संविधानविपरीत हो,’ ओलीले देउवालाई पठाएको सन्देशमा भनेका छन्।

Ncell 2
Ncell 2

संसद् अधिवेशन चालु रहेकै बेला संसद्‍मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दलविरुद्ध लक्षित रहेको एमाले अध्यक्ष ओलीको भनाइ छ।

कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्‍को भएको भन्दै भेटमा ओलीले संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद्‍बाहेक अन्यत्रबाट हुन नसक्ने प्रस्ट पारेका थिए।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएयता कानुनमन्त्री कार्कीले तीनपटक बालकोट पुगेर प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष ओलीसँग छलफल गरिसकेका छन्। तर, एमाले भने सरकारले एकपछि अर्को निर्णय गरेर अघि बढिरहेको भन्दै झन् असन्तुष्ट बनेको छ।

यो पनि पढ्नुहोस्

बालकोट पुगेका कानुनमन्त्रीलाई ओलीले भने- अध्यादेश खारेजी असंवैधानिक र षडयन्त्रपूर्णमंगलबार, असोज १२, २०७८

‘उहाँ अहिलेसम्म तीनपटक आएर पार्टी अध्यक्षसँग भेटवार्ता गरेर सहयोग गर्नुपर्‍यो भनिरहनुभएको छ,’ ओलीनिकट एक नेता भन्छन्, ‘असंवैधानिक बाटोमा गएर एमाले विभाजन गराउनकै लागि अध्यादेश ल्याउने र अहिले सहकार्य गरेर जाउँ भन्ने कुरा सम्भव हुँदैन।’

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सरकारका पछिल्ला कदम आपत्तिजनक र निन्दनीय रहेको बताए। ‘पछिल्लो निर्णयमा हाम्रो कडा आपत्ति छ। सरकारले गिर्नसम्म गिरेर यो काम गर्‍यो,’ उनी भन्छन्, ‘यसविरुद्ध हाम्रो विरोध जारी रहन्छ। अब थप सशक्त रुपले अघि बढ्छौं।’ उनले आफूहरु कानुनी लडाइँका लागि पनि अघि बढ्ने भन्दै न्यायलयको ढोका ढकढक्याउने बताए। असंवैधानिक काम गरेर प्रतिपक्षसँग सहकार्य गरेर जाउँ भन्नु हास्यास्पद र बेठीक भएको उनको भनाइ छ।

तत्कालीन प्रधानमन्त्री ओलीले जस्तै अहिलेको गठबन्धन नेतृत्वको सरकारले पनि एकपछि अर्को निर्णय असंवैधानिक रुपले अघि बढाइरहेको भन्दै आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षी दलको असहयोग जारी नै रहे त्यसबाट सहज रुपमा संसद् सञ्चालन हुनसमेत समस्या हुने देखिन्छ।

यो पनि पढ्नुहोस्

अध्यादेश खारेज : ओलीले सुटुक्क जगाएका थिए, देउवाले के गर्लान्?मंगलबार, असोज १२, २०७८


 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
रिहा भएपछि दुर्गा प्रसाईँले भने–प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्... आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो च... आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
एनपीएल : टस जितेर बलिङ गर्दै जनकपुर सोमबार, मंसिर ८, २०८२
सुनको मूल्य घट्यो सोमबार, मंसिर ८, २०८२
जनकपुरधाममा विवाहोत्सवको अघिल्लो दिन आज ‘मटकोर’ सोमबार, मंसिर ८, २०८२
प्रधानमन्त्री कार्की स्वकीय सचिव श्रेष्ठले गरे पदको दुरुपयोग- खुवाए परिवारका सदस्य तथा नातेदारहरुलाई जागिर सोमबार, मंसिर ८, २०८२
एनपीएलमा आज आज दुई खेल हुँदै सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश आइतबार, मंसिर ७, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्