ललितपुर– कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ५४ लाख ७० हजार खुद नाफा आर्जन गरेको छ।
उक्त सहकारीको शनिबार सम्पन्न साधारण सभामा दिइएको जानकारी अनुसार संस्थाले गत आर्थिक वर्षमा आयकर तथा विभिन्न शीर्षकको राजश्वमा मात्र १ करोड ८९ लाख ८१ हजार रुपैयाँभन्दा बढी रकम योगदान गरेको छ। संस्थाको कुल कारोबार रकम २ अर्ब ६७ करोड पुगेको छ। बचत (निक्षेप) तर्फ १ अर्ब ७४ करोड ५० लाख पुगेको छ।
संस्थाको जगेडा तथा अन्य कोषमा जम्मा २३ करोड ४३ लाख रुपैयाँ रहेको पनि साधारण सभामा जानकारी दिइएको छ। उक्त कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले सञ्चालक समितिको तर्फबाट आ.व. २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८/७९ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए।
सहकारी विभागको निर्देशन अनुसार संस्थाले असोज ३ देखि ९ गतेसम्म भौतिक तथा ‘भर्चुअल’ माध्यमबाट साधारण सभा गरेको हो। साधारण सभाले अशोक बज्राचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व पनि चयन गरेको छ।
संस्थाको उपाध्यक्षमा देवेन्द्रप्रसाद श्रेष्ठ, सचिवमा घनश्याम धमला, कोषाध्यक्षमा रामप्रसाद गिरी चुनिएका छन्। सदस्यहरुमा जीवनदेवी शाक्य, राजेन्द्र शाक्य, भोलानाथ ढुंगाना छानिएका छन्। उक्त साधारण सभाले प्रमुख कार्यकारी अधिकृतमा निवर्तमान अध्यक्ष राजु खतिवडालाई नियुक्त गरेको छ।
त्यसैगरी साधारण सभाले शेषराज दाहालको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति गठन गरेको छ। समितिको सदस्यमा रामप्रसाद निरौला र रुपेश भट्टराई रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।