• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

किन ‘दुश्मन’ बन्दै छन् नेपाली क्रिकेटका ‘जय र बिरु’को जोडी?

64x64
दीप सुवेदी शनिबार, असोज ९, २०७८  २०:१५
1140x725

युवराज लामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव हुँदा पारस खड्का र आमिर अख्तरको ‘जुगलबन्दी’ हेर्न लायक थियो। धेरैले उनीहरूलाई भारतीय सिनेमा ‘शोले’का दुई जोडी ‘जय र बिरु’ को उपमा दिन्थे। 

नेपाल क्रिकेट संघ (क्यान) का तत्कालीन अध्यक्ष विनयराज पाण्डेलाई संघबाट नेतृत्वच्यूत गर्न त्यो बेला पारस र अख्तरको जोडीको ठूलो हात थियो। यो प्रकरणबारे भलिभाँती जानकारहरुका अनुसार खेलाडीलाई आफ्नो ‘पैतालाको धुलो’ पनि नठान्ने र ‘व्यक्तिवादी अहंता’ बोकेको खलपात्रको रूपमा पाण्डेलाई नेपाली मिडियामा दर्शाउन यी दुवैले कुनै कसर बाँकी राखेनन्। 

रोचक तथ्य, कुनै बेला नेपाली क्रिकेटमा ‘जय र बिरु’को जोडी मानिने यी पूर्वखेलाडी अहिले एकअर्काको ‘जानी दुश्मन’ बनेका छन्। र, सामाजिक सञ्‍जालमा यी दुवैका फ्यान एकअर्कालाई गाली गर्दै जगहँसाइ गरिरहेका छन्। 

आमिर अहिले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आयोजना गर्ने क्रममा सर्वाधिक चर्चामा छन् (चौथो संस्करण शनिबारदेखि सुरु भएको छ)। विदेशी खेलाडी, विशेषतः नेपाली क्रिकेट प्रेमीमाझ निकै लोकप्रिय पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी इपीएलमा आवद्ध हुँदै दुई खेल खेल्न काठमाडौं उत्रिएसँगै आमिरको चर्चा चुलिएको हो। 

तर, आमिर यो अवस्थामा आइपुग्न उनै पारसको सबैभन्दा ठूलो रोल थियो। सन् २०१४ मा नेपालले बंगलादेशमा टी-२० विश्वकप खेलेपछि पारसको पद र प्रतिष्ठा नेपाली खेलकुदमा उच्च स्थानमा पुगेको थियो। किनभने पारसकै कप्तानीमा नेपालले पहिलो पल्ट टी-२० विश्वकप खेलेको थियो। विश्वकपका दुई खेलमा जितसमेत हासिल गरेको थियो।

नेपाली क्रिकेटको वर्तमान अवस्था हेर्दा पारस खड्का क्यानको वर्तमान नेतृत्वको विपक्षमा उभिएका व्यक्ति हुन् भने आमिर अख्तर अध्यक्ष चतुरबहादुर चन्द समूहका ‘खास मानिस’ मानिन्छन्। 

उनको लोकप्रियता भजाउँदै आमिरले टी-२० प्रतियोगिता गराउन नेपाली कर्पोरेट क्षेत्रबाट मोटो रकम उठाएका थिए। प्रायोजकको ढोकाढोकामा पारसलाई बोकेर गएको तथा पत्रकार सम्मेलनमा पारस र ज्ञानेन्द्र मल्ललाई दायाँ र बायाँ राखेको इतिहास धेरै पुरानो भएको छैन। त्यो अहिले पनि नेपाली पत्र-पत्रिकाका कटिङ तथा टेलिभिजनका आर्काइभ फुटेज हेर्दा छर्लङ हुन्छ। 

यति नजिकको सम्बन्ध हुँदाहुँदै आखिर पारस र आमिरको सम्बन्ध किन बिग्रियो? यो भने अहिले आमनेपाली क्रिकेटप्रेमीको लागि चासोको विषय बनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली क्रिकेटको वर्तमान अवस्था हेर्दा पारस खड्का क्यानको वर्तमान नेतृत्वको विपक्षमा उभिएका व्यक्ति हुन् भने आमिर अख्तर अध्यक्ष चतुरबहादुर चन्द समूहका ‘खास मानिस’ मानिन्छन्। 

खेलाडीले अभ्यास चाहियो भनेकै छैनन् : चतुरबहादुर चन्द [अन्तर्वार्ता]
चतुरबहादुर चन्द

क्यानले आफूले नियमित गर्नुपर्ने काम नगरिरहेको अहिलेको अवस्थामा आमिरको कार्यक्रमलाई सफल बनाउन न्वारानदेखि लगाएको बल देखेर क्रिकेट विश्लेषकहरु पनि यतिबेला लज्जित बनेका छन्। खासमा भन्नुपर्दा चन्दको पनि ‘अध्यक्ष’ जस्तै यतिबेला आमिर देखिएका छन्। 

क्यान नेतृत्व पछिल्लो दुई वर्षयता कोभिड-१९ लाई कारण देखाउँदै सुतेर बसेको छ। कुनै बेला नेपाली फुटबलभन्दा बढी सक्रिय नेपाली क्रिकेट अहिले लगभग धरासायी अवस्थामा पुगिसकेको छ। 

डेभ वाट्मोर जस्ता हस्तीलाई श्रम स्वीकृति जस्तो सामान्य कुरामा अडाउन नसक्नु अहिलेको क्यान नेतृत्वको सबैभन्दा ठूलो असफलता हो। यही अवस्था कायम रहे नेपाली क्रिकेटको भविष्य कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ। 

क्यानको यही विफलतालाई बुझेका पारसले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट एक्कासी सन्यास लिँदै अब आफू नेतृत्वका लागि लड्ने उद्‍घोष गरेका थिए। वास्तवमा अहिलेको क्रिकेटको लडाइँलाई यो दृष्टिकोणबाट हेर्दा सही हुन्छ।

हिजो पारसले कसलाई के भने? आमिरले के गरे? यी सबै तपसीलका कुरा हुन्। पारसलाई एनपीएल र इपीएलको ‘ब्राण्ड एम्बेसडर’ को तहमा कर्पोरेट हाउसको ढोकाढोका चहार्न लगाएर आमिरले पैसा कमाएको सत्य हो। यो सत्यलाई उनले हजारौं असत्य कुरा गरेपनि ढाकछोप गर्न सक्दैनन्।

पारसले राष्ट्रिय टोलीको कप्तान हुँदा ‘म नै संघ हुँ’ भन्ने जुन घमण्ड देखाए, त्यो पनि अर्को सत्य हो।

जसरी विनयराज पाण्डेविरूद्धको अभियानमा यो जोडी लाग्दा, ‘विनयराजले नमस्ते त फर्काउँदैन’ भन्ने उनीहरूको आरोप थियो। पछिल्लो समय यी दुवैको अहंकार पनि पाण्डेकै तहमा पुगेको प्रस्ट देखिन्छ।

विनयराज पाण्डे

पारसले क्रिकेटको नेतृत्व नछोड्दासम्म उनीविरूद्ध यस्तो आरोप लाग्ने गर्दथ्यो- पारसको घरमा पुगेर जुन खेलाडीले हाजिरी बजाउँदैनथ्यो, त्यो टिमबाट बाहिर हुन्थ्यो।

पारसमाथि लाग्ने यस्तो आरोपको सत्यताको परीक्षण आफ्नो ठाउँमा छ, आमिरको पनि बदलिएको हैसियत पुराना पुस्ताका खेलाडीलाई सोध्दा छर्लङ्‍ग हुन्छ।

यी सबै मुद्दाका बीच क्यानचाहिँ कहाँ उभिएको छ त? यो भने मुख्य र जटिल विषय हो। क्यान पदाधिकारीहरू आफ्नो संघको लोगो ‘गैंडा’ जस्तै सुतेर बसेका छन्। स्थानीयस्तरका प्रतियोगितादेखि अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गराउन क्यानलाई आमिरको आवश्यकताबोध हुनु भनेको त्यसभित्र केही न केही कैफियत छ भन्ने बुझ्न गाह्रो छैन।

अहिलेका क्यान पदाधिकारी न पारसको ‘कन्ट्रिब्युसन’ स्वीकार गर्ने पक्षमा छन्, न पारस वर्तमान क्यान नेतृत्वलाई स्वीकार गर्ने पक्षमा। यस्तोमा एउटा व्यक्ति नेपाली क्रिकेटको ‘फोकल प्वाइन्ट’ बन्ने अवस्था आउनु नेपाली क्रिकेटकै बिडम्बना हुनेछ।

टिकट बिक्रीदेखि प्रायोजक खोज्ने कार्य आमिरलाई सुम्पिएर क्यानको नेतृत्व अहिले के गरेर बसिरहेको छ? यो गम्भीर विषय हो। अझ रमाइलो कुरा, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट’ देखि पारापेट बनाइदिने आश्वासन आमिरले दिएका छन् भन्दै क्यान नेतृत्वले पिठ थपथपाइरहेको अर्को ओपन सेक्रेट हो।

नेपाली क्रिकेट चतुरबहादुर चन्दको नेतृत्वमा चल्न सक्दैन भन्ने आवाज क्यानभित्रैबाट उठ्न थालेको छ। यस्तो अवस्थामा क्यानको आगामी निर्वाचन पेचिलो बन्ने पक्का छ। र, यो निर्वाचनमा आमिरको झुकाव कतापट्टि हुन्छ, त्यो विश्लेषण गर्न सजिलो छ।

यो पनि पढ्नुहोस्

डेभ वाट्मोर : मूर्छित सपना जगाउँदै थिए, क्यान नेतृत्वको अकर्मण्यताले टिक्न सकेनन्बिहीबार, असोज ७, २०७८

भारतलाई सन् १९८३ मा आफ्नो कप्तानीमा विश्वकप जिताएका कपिल देव भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को उपेक्षाका बीच २००७ मा आइसीएल (इन्डियन क्रिकेट लिग) मा आवद्ध भएका थिए। उनको त्यो हर्कतलाई बीसीसीआईले संघविरूद्धको कार्य ठहर गर्‍यो। र, उनको पेन्सनदेखि सबै कुरा रोक्का गरियो। पछि बीसीसीआईले देशप्रति उनको समर्पणको मूल्यांकन गर्‍यो र उनले पनि २०१२ मा आईसीएलबाट राजीनामा गरे। अहिले उनी भारतीय क्रिकेट बोर्डको अभिन्न अंग भएर काम गरिरहेका छन्।

नेपाली क्रिकेटमा भने व्यक्तिगत अहम्का कारण टकरावको स्थिति बनेको छ। जुन टकराव न खेलाडीको हितमा छ, न नेपाली क्रिकेटकै। अहिलेका क्यान पदाधिकारी न पारसको ‘कन्ट्रिब्युसन’ स्वीकार गर्ने पक्षमा छन्, न पारस वर्तमान क्यान नेतृत्वलाई स्वीकार गर्ने पक्षमा। यस्तोमा एउटा व्यक्ति नेपाली क्रिकेटको ‘फोकल प्वाइन्ट’ बन्ने अवस्था आउनु नेपाली क्रिकेटकै बिडम्बना हुनेछ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
उद्योगमन्त्री बन्दै दीपककुमार साह बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा बिहीबार, भदौ २५, २०८३
एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ : सांसद अमरेश बिहीबार, भदौ २५, २०८३
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बिहीबार, भदौ २५, २०८३
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्