• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

डेभ वाट्मोर : मूर्छित सपना जगाउँदै थिए, क्यान नेतृत्वको अकर्मण्यताले टिक्न सकेनन्

64x64
दीप सुवेदी बिहीबार, असोज ७, २०७८  २१:२८
1140x725

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सदस्य बनेको १५ वर्षसम्म ‘हरूवा टिम’को छबि बनाएको श्रीलंकाले सन् १९९६ मा एकदिवसीय विश्वकप जितेर सनसनी मच्चायो।

श्रीलंकाले विश्वकप उपाधि जित्दा मैदानभित्र कप्तान अर्जुना रणतुङ्गा, अरविन्द डि सिल्भा, सनथ जयसूर्या र चामिन्दा भास जस्ता खेलाडी हिरो सावित भएपनि असली रणनीतिकार थिए, प्रशिक्षक डेभ वाट्मोर। 

यसपछि उनी टेस्ट क्रिकेटमा उदाउँदै गरेको बंंगलादेशको प्रशिक्षक नियुक्त भए। बंगलादेशमा पनि उनले प्रशिक्षणको त्यही जादु देखाए, जुन १९९६ को विश्वकपमा श्रीलंकामा हुँदा देखाएका थिए। उनकै सफल नेतृत्वमा २००५ मा बंगलादेशले जिम्बाब्वेविरूद्ध पहिलो टेस्ट मात्र जितेन, इंग्ल्याण्डको कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया जस्तो बलियो राष्ट्रलाई पराजित गर्‍यो। 

अन्तर्राष्ट्रिय क्रिकेटमा जितको पर्यायवाचक बनिसकेका यिनै ‘हाइप्रोफाइल’ प्रशिक्षक डेभ वाट्मोरलाई नेपालले गत पुसमा राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त गर्‍यो। 

प्रशिक्षक नियुक्त भएसँगै नेपाल आएका वाट्मोरलाई छोटो अवधिमै यहाँको अपर्याप्त संरचना, नेपाल क्रिकेट संघ (क्यान) को ‘अन–प्रफेसनल’ व्यवहार तथा राष्ट्रिय टोलीभित्रको राजनीति बुझ्न गाह्रो भएन। 

त्यही पनि नेपाली युवा खेलाडीमा सुधारको भरपूर सम्भावना देखेका वाट्मोर नेपाली राष्ट्रिय टोलीलाई अर्को स्तरमा पुर्‍याउन सकिन्छ भन्ने अठोटका साथ प्रशिक्षणमा जोडिए। 

नेपाली टोलीको प्रशिक्षक नियुक्त भएलगत्तै उनले भनेका थिए, ‘आजदेखि मेरो कार्य सुरु भएको छ। अगाडि धेरै काम गर्नु छ। त्यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्नेछ। मेरो अनुभव नेपाली क्रिकेटको विकासमा लगाउनेछु।’ 

राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त हुँदा वाट्मोरको चुनौती नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायमै राख्नु मात्र थिएन, २०२२ मा अस्ट्रेलियामा हुने टि–२० विश्वकप र टोलीमा देखिएको ब्याटिङको समस्यालाई समाधान गर्नुपर्ने पनि थियो। त्यसैले वाट्मोरले भनेका थिए, ‘नेपाल ओडीआई देश हो। आशा छ, त्यो हामी रिटेन गर्छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालले जिम्बावेमा सम्पन्न सन् २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो। यो सन् २०२३ सम्म कायम रहने छ। यो उपलब्धीलाई निरन्तरता दिलाउन नेपालले हाल भइरहेको छनोट खेलमा उत्कृष्ट नतिजा निकाल्नु आवश्यक छ। 

वाट्मोरको नेपाल आगमनसँगै सबैभन्दा ठूलो बाधा बन्यो कोरोना महामारी। उसै त फाटफुट प्रतियोगिता आयोजना गरेर आफ्नो पिँठ थपथपाउने क्यान कोरोना महामारीमा प्रतियोगिता आयोजना गर्नु नपर्दा ‘हाइसञ्चो’ भएको भावमा बस्यो। 

माघमा नेपाल आइपुगेका वाट्मोरले यसबीच प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता र काठमाडौं मेयर्स एकदिवसीय क्रिकेट गरि दुई घरेलु प्रतियोगितामा युवा खेलाडीको प्रदर्शन हेर्ने मौका पाए। यी दुई प्रतियोगिताबाट उनलाई यो बुझ्न गाह्रो भएन, नेपाली टोलीमा बलिङको खासै समस्या नभएपनि ब्याटिङमा थुप्रै सुधारको आवश्यकता छ। 

उनले युवा खेलाडीमा मात्र होइन, राष्ट्रिय टोलीका ‘हिरो’ कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, शरद भेषवाकरजस्ता खेलाडीमा पनि ब्याटिङको प्रशस्त सुधारको आवश्यकता बोध गरे। उनले यही प्रतियोगितामा क्षमता भएपनि राष्ट्रिय टोलीमा ‘सिन्डिकेट’का कारण अगाडि आउने मौका नपाएका रोहित पौडेल र कुशल मल्ल जस्ता युवा खेलाडीको प्रतिभा पहिचान गरे। उनलाई नेपालको सबैभन्दा ठूलो समस्या प्रारम्भिक ब्याट्सम्यान भएको बोध गर्न समय लागेन। 

Xtrem

Xtrem

तर, नेपाल जस्तो खेलकुदमा अति राजनीति हुने ठाउँमा एक्कासी खेलाडी परिवर्तन गर्ने सम्भावना थिएन। यी सबै कुराको अध्ययन गरेका वाट्मोरले पहिले कुशल भूर्तेल र आरिफ शेखलाई मौका दिए। 

आफूले सोचेजस्तो बलियो टिम तत्काल बनाउन नसकेपनि आशालाग्दो टिम बनाए। उनले आफ्नो अभियानमा क्यानबाट, त्यसमा पनि विशेषतः अध्यक्ष चतुरबहादुर चन्दबाट ठूलो अपेक्षा राखेका थिए। तर, उनको अपेक्षा क्यान अध्यक्ष चन्दले पूरा गर्न सकेनन्। 

नेपाली राष्ट्रिय टोलीको प्रशिक्षणमा उत्रिएपछि वाट्मोरले व्यवस्थित तालिका र गतिलो मैदान माग गरेका थिए। तर, यो दुवै अध्यक्ष चन्दले उपलब्ध गराउन सकेनन्। वास्तवमा उनको मन यहीँबाट कुँडिन सुरु भएको थियो। 

वाट्मोर प्रशिक्षक नियुक्त भएर कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलोपल्ट भित्रिँदा उनले पत्रकारहरूकै अगाडि अचम्म मान्दै भनेका थिए, ‘यो नै हाम्रो अन्तर्राष्ट्रिय मैदान हो?’ 

त्यतिबेला क्यानका पदाधिकारीहरू ‘तैं चुप मैं चुप’को अवस्थामा थिए। 

कुनै पनि खेललाई अगाडि बढाउन पूर्वाधार महत्त्वपूर्ण हुने बुझेका वाट्मोरलाई यो बुझ्न पनि गाह्रो भएन कि क्रिकेट खेल्न थालेको २८ वर्ष पूरा भइसक्दा पनि नेपालमा किन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनेन?

त्यही पनि उनले राष्ट्रिय टोलीको प्रदर्शन सुधार गर्ने घोषणा गरे। नभन्दै उनको अठोट गत वैशाखमा कीर्तिपुरमा आयोजना भएको नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृंखलाबाट पुष्टी भयो। कुनै बेला ५० ओभरको खेलमा २ सय रन पूरा गर्न पनि धौ–धौ पर्ने नेपालको ब्याटिङ सुधारिएको देखियो। उनकै प्रशिक्षणमा नेपालले कुशल र आरिफ जस्ता खेलाडी भेटायो। यी दुई ब्याट्सम्यान जम्दा नेपाली खेलप्रेमीले त्रिकोणात्मक टि–२० श्रृखलामा इतिहासकै सर्वाधिक ठूलो योगफल बनेको हेर्ने मौका पाए। राष्ट्रिय टोलीले नेदरल्यान्ड्सलाई हराउँदै उपाधिसमेत चुम्यो। 

उनको अनुभव र उनकै मिहिनेतका कारण त्रिकोणात्मक श्रृंखलामा नेपालले अन्तिम तीन खेलमा लगातार दुई सय माथिको योगफल बनायो। नेपालले फाइनलमा नेदरल्यान्ड्सविरुद्ध बनाएको २ सय ३८ रन टि–२० क्रिकेटको इतिहासमै सर्वाधिक ठूलो योगफल सावित भयो। 

करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपालले वाट्मोरकै प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दा यसअघि ब्याटिङमा देखिने समस्या पनि सुधार भएको अनुभूति भयो। 

कम बोल्ने तर, काममा विश्वास गर्ने यत्तिका क्षमतावान प्रशिक्षक पाएपछि नेपाली खेलाडी र क्रिकेटप्रेमी नेपालीले पनि विश्वकपको सपना नदेखेका होइनन्। तर, उनलाई क्यानका पदाधिकारीले सँधै छक्याउँदै र अध्यक्ष चन्दले झुटो आश्वासन मात्र दिँदै आए। क्यानले उनलाई मासिक १० हजार अमेरिकी डलर दिने सम्झौताअन्तर्गत नेपाल ल्याएको थियो। सरकारी नियमअनुसार उनको तलबबाट ३५ प्रतिशत कर कट्टा गर्दा पनि उनले मासिक ६ हजार ५ सयदेखि ७ हजार डलरसम्म तलब पाउँथे।

क्यानले कर कट्टा गरेर करिब ७ लाख रुपैयाँ तिर्ने सम्झौतामा हस्ताक्षर पनि गरेको थियो। यो उनको बसाइँ र यातायातबाहेक थियो। तर, क्यानको वर्तमान नेतृत्वले यसैमा फट्याईं गर्‍यो। 

नेपाल आएपछि क्यानको पहिलो दायित्व उनका लागि श्रम स्विकृती लिनुपर्ने थियो। त्यसमा क्यान पूर्ण रूपमा चुक्यो। ‘हुँदैछ हुँदैछ’ भन्दाभन्दै तीन महिनासम्म क्यानले उनको तलब रोकेर राख्यो। 

यसबीच खेल गतिविधि नहुँदा वाट्मोरले खाली गोजी पनि अभ्यासलाई निरन्तरता दिन क्यानसमक्ष प्रस्ताव लगेका थिए। उनको प्रस्ताव ब्याटिङ र बलिङ सुधारतर्फ केन्द्रित थियो। यसका लागि उनले अरु प्रशिक्षकको पनि माग गरेका थिए। तर, क्यानको नेतृत्व कानमा तेल हालेर बस्यो। तलब नपाउँदा निरास बनेका वाट्मोर यसपछि निन्याउरो मुख लिएर श्रीलंका फर्किए। 

श्रम विभागमा उनको फाइल ‘फलोअप’ गर्न क्यानमा एउटा चरोमुसो पनि भेटिएन। ‘लकडाउन’ भन्दा अघि श्रम स्विकृतिका लागि दिएको कागजपत्र विभागमा गएर अड्कियो। 

श्रीलंका फर्किएपछि वाट्मोर क्यान अध्यक्ष चन्दसँग निरन्तर सम्पर्कमा थिए। तर, क्यानको कामभन्दा बढी गृहजिल्ला बैतडी मा कांग्रेसको राजनीतिमा जम्ने सम्भावना देखेका चन्दले उनलाई कोरोना महामारी साम्य भएपछि नेपाल फर्किन र पाउने तलब सिधै खातामा हाल्ने आश्वासन दिएका थिए। तर, चन्दले आफैंले दिएको आश्वासन पूरा गर्न सकेनन्। यसले वाट्मोरको मन दुख्यो। 

उनले त्यतिबेलै घरायसी कारण देखाउँदै आफू नेपाल फर्किन नचाहेको क्यानका केही पदाधिकारीलाई बताएका थिए। तर, सम्झौताको अवधि बाँकी रहेका कारण उनी नेपाल फर्किन बाध्य भए। 

नेपाल फर्किएपछि पनि उनी बस्ने वातावरण बनेन। क्यानको ‘ल्याङफ्याङे’ ताल र नाम चलेका केही खेलाडीको निशानामा परेका उनले ओमान भ्रमणका लागि कुवेत पुगेकै बेला इमेलमार्फत् क्यानलाई राजीनामा पठाए। 

उनको राजीनामा प्रकरणमा क्यानका पदाधिकारी, विशेष गरेर अध्यक्ष चन्दले जतिसुकै प्रतिक्रिया दिएपनि यो पूर्णतः उनीहरूको असफलता हो। लामो समय सहकार्यको योजना बोकेर नेपाल आएका वाट्मोर केही महिनाभित्रै प्रशिक्षकको भूमिका छोडेर जानुमा क्यानको नेतृत्व नै दोषी देखिन्छ। यसले वाट्मोरलाई केही घाटा छैन। घाटा नेपाली क्रिकेटलाई हुने पक्का छ। 

उनको उपस्थितिमा नेपालले खेलेको ११ अन्तर्राष्ट्रिय खेलमध्ये ८ मा जित र ३ मा मात्र पराजय भोगेको छ। उनको उपस्थितिमा युवा खेलाडीले राष्ट्रिय टोलीमा आफ्नो भविष्य देखेका थिए। पहिलोपल्ट उनीहरूले सपना देख्ने मौका पाएका थिए। यी सबै युवाको सपनालाई भताभूङ्ग पारेर क्यान गैँडाजस्तै सुत्दा यतिबेला आम क्रिकेटप्रेमीको मन रोएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्