काठमाडौं- अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले संयुक्त राष्ट्र संघको ७६ औं महासभामा सहभागी हुन पुगेका पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरेशीसँग भेटवार्ता गरेका छन्।
दुई देशका विदेश मन्त्रीले मिलेर काम गर्ने विषयमा जोड दिएका थिए। उनीहरुबीच अफगानिस्तानका बारेमा पनि छलफल भएको थियो।
ब्लिंकनले बिहीबार अमेरिकास्थित न्यूयोर्कमा कुरेशीसँग भएको छलफलमा अफगानिस्तानबारे साथ मिलेर काम गर्न र ध्यान केन्द्रित गर्नुपर्ने बताएका बीबीसीले जनाएको छ।
अफगानिस्तान छोडेर जान चाहनेहरुका लागि पाकिस्तानले गरेको प्रयासको सराहना ब्लिंकनले गरेका थिए। विदेश विभागका प्रवक्ता नेड प्राइसका अनुसार, दुई नेताहरुबीच अफगानिस्तानको भविष्यलाई लिएर चर्चा भएको थियो।
बैठकपछि पाकिस्तानी विदेशमन्त्री कुरेशीले भने, "मैले सोचेको थिए कि एक समय आउनले छ जहाँ हामी अफगानिस्तान भन्दा अघि बढेर कुरा गर्ने छौंर तर यस्तो लागेको छ कि अफगानिस्तान अहिले पनि छ र यसलाई हामी पर पठाउन सक्दैनौं। हामीले आफ्नो साझा लक्ष्य प्राप्त गर्नका लागि एकसाथ काम गर्ने तरिका खोज्नु छ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।