काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ।
नेप्सेले आव २०७८/७९ को धितापत्रको वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको हो। रू. ५० करोडसम्म चुक्तापूँजी रहेको कम्पनीका वार्षिक नविकरण शुल्क लाग्ने ५० हजाररपैयाँ लाग्ने नेप्सेले जानकारी गराएको छ।
त्यसैगरी, रू. ५० करोडभन्दा बढी चुक्तापूँजीका भएका कम्पनीले नवीकरणबापन १ लाख रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ।
डिबेञ्चर, म्युचुअल फण्डको चुक्तापूँजी ५० करोडसम्म भएकाले २५ हजार र ५० करोडभन्दा बढी भएकाले ५० हजाररुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नु पर्ने नेप्सेले जनाएको छ।
वार्षिक नवीकरण शुल्क कम्पनीहरुले नेप्सेको खाता रहेको ग्लोबल आइएमई बैंकको ७५०१०१००००७७५ खाता नम्बरमा पठाउन सक्ने सूचनामा उल्लेख छ। तोकिएको समय अवधिमा नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशत दरले जरिवाना लाग्ने र धितोपत्रको सूचीकरण स्थगन गर्ने नेप्सेको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।