काठमाडौं- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध प्रकाशित करसम्बन्धी रिपोर्टको विरोधमा आफ्नै भतिजी र न्युयोर्क टाइम्सविरुद्ध मुद्दा हालेका छन्।
बीबीसीका अनुसार सन् २०१८ मा आफूविरुद्ध प्रकाशित करसम्बन्धी रिपोर्टको विरोधमा उनले न्युयोर्कस्थित एक अदालतमा मुद्दा दर्ता गरेका हुन्।
ट्रम्पले आफ्नी भतिजी मेरी र न्युयोर्क टाइम्सका संवाददाताले धोका दिएर आफ्ना गोप्य दस्तावेज सार्वजनिक गर्न खोजेको आरोप लगाइएको छन्।
उनले निवेदनमा ५६ वर्षीया मेरी ट्रम्पले सम्झौता भंग गरेर आफ्नो जीवनीमा १४ हजार शब्दको खोजमूलक रिपोर्ट तयार पार्न न्युयोर्क टाइम्सलाई करसम्बन्धी दस्तावेज देखाएको आरोप लगाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।