complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशनमा मिलनविन्दु : मधेसको सभापति, काठमाडौंबाट प्रधानमन्त्री र पहाडको राष्ट्रपति

64x64
पुरुषोत्तम दाहाल शुक्रबार, असोज ८, २०७८  ११:०७
1140x725

जनमत भएर पनि कांग्रेस कमजोर अवस्थामा छ। संगठन र शक्ति क्षयीकृत भएको छ। कांग्रेसको संगठन कमजोर हुनुमा केही कारण छन्।

कांग्रेसमा संस्थागत समूहवाद छ। व्यक्तिले समूह खडा गर्ने र हैकम चलाउने व्यक्तिवादी प्रवृत्ति छ। संस्थागत रुपमा समूहवादको विकास भइरहेको छ। यी दुवै चरित्रले कांग्रेसलाई माथिदेखि तलसम्म गाँजेको छ। 

कांग्रेसको वडा अधिवेशन अहिले भइरहेको छ। वडा अधिवेशनलाई मात्रै हेर्‍यौं भने ७०/७५ प्रतिशत स्थानमा निर्विरोध नेतृत्व चयन भएको छ। तर, कतिपय स्थानमा निकृष्ट तरिकाले नेतृत्व चयन गरिएका छन्। गुट खडा गरिएको छ। गुट पनि ३/४ वटा खडा गरेर प्रतिस्पर्धा भएका छन्।

नेतृत्व चयनका लागि सिण्डिकेट बनाइएको छ। त्यो सिण्डिकेटले अरुलाई छिर्नै नदिने गरेको छ। केही स्थानमा पसेको यो प्रवृत्ति अन्य ठाउँमा पनि पस्न सक्छ। पार्टीको शक्ति क्षयीकरणको प्रमुख कारण गुटवाद हो। 

गुट वा समूहवादलाई अन्त्य गर्ने नेतृत्व कांग्रेसलाई चाहिएको छ। कतिपयले सामूहिक नेतृत्वले गुटलाई अन्त्य गर्ने विचार राख्छन्। सामूहिक नेतृत्वमा बस्नेहरुले नै आफ्नो गुट खडा गरे भने गुटवाद कसरी अन्त्य हुन्छ? सामूहिक नेतृत्वमा पनि गुटवाद हाबी हुनु कांग्रेसको महारोग हो।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तीन वर्ष बसेर कांग्रेसलाई नजिकबाट नियाल्ने थप अवसर पाएँ। एकाधलाई छोडेर कांग्रेसमा अध्ययन संस्कृतिको अन्त्य भएको छ। कांग्रेसमा क्रियाशील सदस्यतामार्फत नौ लाख क्रियाशील सदस्य आवद्ध भएका छन्। 

९५ प्रतिशत क्रियाशील सदस्यलाई न कांग्रेसको इतिहास थाहा छ, न पार्टीको दर्शन। न कांग्रेसको योगदान थाहा छ, न कांग्रेसलाई यो स्थानसम्म ल्याइपुर्‍याउने व्यक्तित्व तथा सहिदहरुबारे जानकारी। धेरैलाई त कांग्रेसको विधानबारे पनि जानकारी छैन। उद्धण्डतापूर्वक नेतृत्वमा आउने अवस्था सिर्जना भएको छ। पार्टीको आदर्श तथा सिद्धान्तको विषयमा ज्ञान नराख्ने कार्यकर्ताले कांग्रेसलाई कमजोर बनाउँछ।

पार्टीको आदर्श, संस्कार, सिद्धान्त, सहिदका विषयमा कार्यकर्तालाई बुझाउने नेतृत्व चाहिन्छ। कार्यकर्ताको प्रशिक्षण नहुँदा विचित्रका कार्यकर्ता मात्रै तयार हुने अवस्था छ। पार्टीमा आवद्ध हुनु राम्रो हो। तर, आवद्ध भइसकेपछि प्रशिक्षित गर्नैपर्छ। आफ्ना कार्यकर्ता प्रशिक्षत गर्ने काम नेतृत्वकै हो। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को महत्वपूर्ण विषय, संगठनमा अनुशासन शून्य छ। नेतृत्व लिनेसँग अहंकार र विवेकशून्यता छ। सबै विवेकशून्य छैनन्, तर मुख्य जिम्मेवारीमा पुगेकाहरुमा अहंकार छ। पार्टीका सबै संरचनामा यो अवस्था छ। नेतृत्वमा पुग्नु र विश्वसनीय तथा इमान्दारिता कायम राख्नु फरक कुरा हुन्। १४औं महाधिवेशनबाट कांग्रेसको मूल नेतृत्वमा विश्वसनीयता र इमान्दारिता खोजिएकोे छ।

कांग्रेसका लागि सुखद पक्ष नयाँ पुस्ता बेजोड तरिकाले आउनु हो। ३५ देखि ४० प्रतिशतसम्म नयाँ पुस्ताको प्रवेश भएको छ। १८ देखि ९५ वर्षसम्मको व्यक्ति कांग्रेसको क्रियाशील सदस्य छन्। त्यसैले अब सबै उमेर समूहलाई जोड्न सक्ने नेतृत्व हुनुपर्छ। 

इतिहासको मूल्यांकन गर्दै नयाँ नेतृत्वको खोजी गर्नु जरुरी छ। शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री र कांग्रेस प्रजातान्त्रिक पनि गरेर दुई पटक पार्टी सभापति बनिसक्नुभएको छ। उमेर ८० को नजिक छ। सभापति फेरि पनि उहाँलाई नै चाहिएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ८० वर्षकै नजिक हुनुहुन्छ। उहाँ पनि ३१/३२ वर्षदेखि शक्तिमै हुनुहुन्छ। उपसभापति र कार्यवाहक सभापति भइसक्नुभएको छ। विभिन्न सरकारी जिम्मेवारी पनि लिनुभएकै हो। २०४८ सालदेखि उहाँ धेरैपटक मन्त्री भइसक्नुभएको छ। अझै उहाँलाई पनि पद चाहिएकै छ। उहाँहरुले नै बाटो छेक्ने हो भने त्योभन्दा मुनिका कसरी नेतृत्वमा आउनसक्छन्? तसर्थ, अहिले कांग्रेसका लागि नेतृत्व चयन तथा परिवर्तन प्रमुख चुनौती बनेको छ। कस्तो नेतृत्व ल्याउने मतदातामा निर्भर हुने विषय हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मधेसबाट सभापति : ७५ वर्षमा पहिलो अवसर
कांग्रेस आन्दोलनको मुख्य भूमि तराई मधेस हो। कांग्रेसको ७५ वर्षको इतिहासमा पहिलो पटक मधेसी भूमिबाट नेतृत्वमा विमलेन्द्र निधिले दाबी गर्नुभएको छ। अहिलेसम्म पहाडी मूलबाट कांग्रेसको नेतृत्व भएको रहेछ। अब अर्को २५ वर्षसम्म हेर्दा पनि सभापतिमा दाबी गर्ने मधेसबाट कोही देखिँदैन। विगत ७५ वर्ष र आउने २५ वर्ष गरी एक शताब्दीमा मधेसबाट पहिलो पटक सभापति चयन गर्ने अवसर छ। यो अवसरलाई कांग्रेसले सदुपयोग गर्छ/गर्दैन चुनौतीको विषय हो। 

लिगेसीकै आधारमा कोइराला परिवारका तीन जनाले सभापतिको दाबी गरिरहनुभएको छ। डा. शेखर कोइरालाले सक्रिय राजनीति सुरु गर्नुभएको २०६१ सालदेखि हो। कोइराला परिवारका अर्का नेता डा शशांक कोइराला २०६४ पछि सक्रिय राजनीतिमा देखिनुभएको हो। ७५ वर्षे कांग्रेसको इतिहास हेर्दा ५१ वर्ष कोइराला परिवारको नेतृत्वमा कांग्रेस सञ्चालित थियो। एउटै परिवारबाट ५१ वर्ष दल चल्नु ठीक हो वा होइन, त्यसको पनि मूल्यांकन हुनुपर्छ। 

काठमाडौंबाट प्रकाशमान सिंहले सभापतिको दाबी गर्नुभएको छ। नेतृत्वको व्यवस्थापन गर्न सक्ने/नसक्ने अर्को चुनौती कांग्रेसका लागि छ। कांग्रेसमा क्रियाशीलको मूल्यांकन गरी नेतृत्व चयन गर्न कार्यकर्तालाई चुनौती देखिन्छ। महाधिवेशनमा उम्मेदवार भएर व्यक्तिगत रुपमा प्रतिश्पर्धा गर्नुपर्छ। समूह बनाएर प्रतिस्पर्धा गर्नुहुँदैन। गुटलाई कमजोर बनाउनका लागि पनि प्यानल बनाई प्रतिस्पर्धा गर्नुहुँदैन। 

पद र पैसा भनिसकेपछि स्वतः आकर्षण हुन्छ। यो राष्ट्रिय रोग हो। राष्ट्रिय निर्वाचनमा पैसासँग टिकट बाँड्ने चलन छ। त्यो रोग कांग्रेसमा पनि सरेको छ। रोग कसरी सर्‍यो त? राष्ट्रिय चुनावका मतदाता कांग्रेसका पनि हुन्छन् नि। यस्तो प्रवृत्ति गाउँगाउँमा व्याप्त छ। पद, शक्ति र पैसा कांग्रेसमा अहिले कोसँग छ? स्वभाविक रुपमा सभापति देउवासँग छ। शक्ति, पैसा र पदको उहाँले सदुपयोग वा दुरुपयोग जे पनि गर्नसक्ने देखिन्छ।

वडा तहकै अधिवेशन गर्न पनि सत्ता र शक्तिको प्रयोग भइरहेको छ। नेतृत्व चयन अपारदर्शी तरिकाले डाङडुङको भरमा चुनिएको देखिन्छ। कांग्रेसमा प्रतिबद्ध असल कार्यकर्ताले पार्टी संरचनामा नेतृत्व प्राप्त गर्न कष्टकर छ। नेता हुन पनि मन छ। तर, पीडा भोगिरहनुभएको छ। विकृति सामना गरेर चुनाव लड्न कार्यकर्तालाई कठिन छ। हरेक संरचनामा नेतृत्वको चयन शक्तिका भरमा हुने अवस्था निर्माण हुँदै गएको छ। यी विकृति हटाउनका लागि पनि अब आउने नेतृत्व चयनमा महाधिवेशन प्रतिनिधिले विवेक पुर्‍याउनु पर्छ। 

जुन प्रवृत्ति मौलाउँदै गएको छ, त्यसमै कांग्रेस पनि बग्दै गयो भने पार्टीको थप क्षयीकरण हुँदै जान्छ। लोकतान्त्रिक र चुनावी प्रक्रियामा ठूलो घात हुन्छ। सभापतिमा दाबी गरेका सबै आ आफ्नो स्थानमा बलियो होलान्। महाधिवेशन प्रतिनिधि चयन पश्चात् को आकांक्षी बलियो भनेर भन्न सकिन्छ। 

कांग्रेस यो अवस्थामा पुग्नुमा सभापतिको पदमा रहेकाले प्रमुख जिम्मेवारी शेरबहादुर देउवाकै हो। उहाँ मात्रै एक्लो जिम्मेवार भने होइन। गलत प्रवृत्ति विकास हुँदै गएकाले समग्रमा हेर्नुपर्छ। देउवाले गलत कार्य गरेको अरुको निष्कर्ष हो भने किन एक ठाउँमा हुन सक्दैनन्?

कांग्रेस यो अवस्थामा पुग्नुमा सभापतिको पदमा रहेकाले प्रमुख जिम्मेवारी शेरबहादुर देउवाकै हो। उहाँ मात्रै एक्लो जिम्मेवार भने होइन। गलत प्रवृत्ति विकास हुँदै गएकाले समग्रमा हेर्नुपर्छ। देउवाले गलत कार्य गरेको अरुको निष्कर्ष हो भने किन एक ठाउँमा हुन सक्दैनन्? किनकि, त्यही गलत प्रवृत्तिको शिकार अरु पनि भइसक्नुभएको छ। 

१३औँ महाधिवेशनमा देउवालाई निधिले सहयोग गरेर १४औंमा निधिलाई उहाँले सहयोग गर्ने सहमति थियो। तर, राजनीतिक इमान्दारिता देउवामा देखिएन। पहाडी मूलका ब्राह्मण क्षेत्री मात्रै कांग्रेसको सभापति हुनुपर्छ भन्ने छैन। प्रकाशमान सिंह वा निधिमध्ये एकलाई सभापतिमा देउवाले अघि सारे गुट अन्त्य हुने बाटो खुल्ने थियो। समावेशीको विषय पनि हुने थियो। 

मधेसबाट सभापति, काठमाडौंबाट प्रधानमन्त्री र पहाडी क्षेत्रबाट राष्ट्रपति बनाउने विकल्प अघि सारे कांग्रेस झनै बलियो हुन्छ। रामचन्द्र पौडेल, निधि र सिंह एकठाउँमा आएर समझदारी गर्ने, त्यसलाई देउवाले समर्थन गर्ने हो भने कांग्रेस फेरि एक हुन्छ। कांग्रेस फुटाउन कोइराला परिवार लाग्दैन नै। देउवा, पौडेल, निधि, सिंह एक ठाउँ भएको बेला शेखर वा शशांकले ‘हामी लड्छौँ’ त नभन्नुहोला नि। सबैलाई एकस्थान ल्याउन मुख्य भूमिका देउवाको नै देखिनुपर्छ।

देउवा र पौडेलले विश्राम लिनुपर्छ
५८ वर्षको राजनीति हेर्ने हो भने कांग्रेसमा अहिले रामचन्द्र पौडेल सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ। उहाँको राजनीतिक जीवन २०२० सालदेखि सुरु भएको हो। देउवाको राजनीतिक यात्रा मुलतः २०२५ सालपछि हो। नेविसंघको दोस्रो सभापति बन्नुभयो। त्यसपछि उमेरले शेखर कोइराला वरिष्ठ हुनुहुन्छ। निधि र सिंह सँगसँगै जस्तो देखिन्छ। उमेरगत मूल्यांकन गर्दा उहाँहरु पछि शशांक हो। त्यसैले उमेरको आधारमा बढी योगदान पौडेलकै देखिन्छ।

कांग्रेसमा पारिवारिक विरासतले राजनीतिमा उदाएका नेता पनि छन्। पारिवारिक विरासतविना आफ्नै बलबुतामा नेता भएका पनि छन्। 

कांग्रेस कमजोर हुँदा दुई शक्ति बलियो भएको इतिहास छ। विगतमा राजा कांग्रेस कमजोर हुँदा नै बलियो थिए। त्यस्तै प्रजातन्त्रविरोधी शक्ति कम्युनिस्टहरु कांग्रेस कमजोर हुँदा नै बलियो भएका छन्। संविधानमा उल्लेखित ‘समाजवादन्मुख’ लाई टेकेर कम्युनिस्टहरुले वैज्ञानिक समाजवादको वकालत गर्नेछन्। उक्त व्यवस्था निरंकुश नै हुनेछ। कांग्रेस आफ्नै कारणले कमजोर भएको छ, र त्यसबेला लाभ उठाउने अन्य शक्ति छन्। 

वरिष्ठ नेता पौडेलले ‘सभापति र मलाई एउटै डालोमा नराख’ भन्ने गर्नुुहुन्छ। उहाँ सभापति र प्रधानमन्त्री नबनेकाले परीक्षण नभएको भन्ने तर्क गर्नुहुन्छ। परीक्षण गर्ने कार्य उहाँको आफ्नै जिल्ला हुनसक्दैन? पार्टीमा भद्रगोल छ। त्यो भद्रगोल हुनुमा वरिष्ठ नेताको पनि हात छ। ४० प्रतिशतको दाबी उहाँले १३ औं महाधिवेशन सकिनासाथ सुरु गर्नुभयो। ‘एम्बुस’ थाप्ने कार्य त उहाँले गर्दै आउनुभएको हो। जुन व्यक्तिसँग पराजित भइयो, उसैले मनोनीत गरेपछि गुट चलाउन मिल्छ? नैतिकता र मूल्यको कुरा हुने हो भने उहाँ मनोनीत केन्द्रीय सदस्य बन्न हुने थिएन। 

केन्द्रीय सदस्य नबनेर नै देशभर आफ्ना कुरा त उहाँले पुर्‍याउन सक्नुहुन्थ्यो नै। देउवाबाट मनोनीत भएर वरिष्ठ नेता हुने, अनि गुट चलाएर आफु निकटको संरक्षण गर्ने कार्य पौडेलबाट भयो। राजनीतिक रुपमा गैरजिम्मेवार र मूल्यहीन कार्य भयो। देउवाले दिएको पद खाएर गुटको विकास गर्दै जानुभएपछि उहाँको पनि परीक्षण भइसक्यो। भागवण्डा पाएपछि चुप लागेर बसेको देखिएकै छ। तनहुँमा उहाँकै कारण कांग्रेसको क्रियाशील सदस्यता नवीकरण नगर्ने सयौं छन्। सभापति हुनुभयो भने अरु जिल्लामा पनि त्यस्तै गर्नुहुन्छ। 

अब देउवा र पौडेल दुवैले सक्रिय राजनीतिबाट विश्राम लिनुपछै। दुवैले एकै व्यक्तिलाई सभापतिमा समर्थन गर्ने हो भने गुट पनि अन्त्य हुन्छ।

(कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक दाहालसँगको वार्तामा आधारित)

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुरुषोत्तम दाहाल
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा मिलनविन्दु : मधेसको सभापति, काठमाडौंबाट प्रधानमन्त्री र पहाडको राष्ट्रपति
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्