काठमाडौं- अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले फ्रान्सका राष्ट्रपति इम्यानुएल मेक्रोसँग कुराकानीको प्रयास गरिरहेका छन् तर अहिलेसम्म यसमा सफलता मिलेको छैन।
समाचार एजेन्सी रोयटर्सको समाचार अनुसार, स्कट मरिसनले बुधबार वाशिंगटनमा फ्रान्सका साथ सम्बन्ध फेरि सहज बनाउन धैर्यता राख्ने बताए।
अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाउँदै फ्रान्सले अस्ट्रेलिया, अमेरिका र बेलायतबीच परमाणु पान्डुब्बीको सम्झौताका बारेमा पूर्व सूचना नपाएको जनाएको छ।
यसअघि मेक्रो र अमेरिकी राष्ट्रपति जो वाइडेनले बुधबार करिब आधा घण्टा फोनमा कुराकानी गरेका थिए। यससँगै दुई देशबीचको तनाव केही मत्थर भएको देखिएको बीबीसीले जनाएको छ। यस कुराकानीसँगै फ्रान्सका राजदूत आगामी हप्ता वाशिंगटन फर्कने भएका छन्।
मरिसन पनि यसै हप्ता केही बैठकमा भाग लिनका लागि अमेरिकामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।